समाचार
कतारमा यु-१७ विश्वकपको भव्य सुरुवात : उद्घाटन खेलमा आयोजक कतारविरुद्ध इटाली विजयी
गिरिजा अधिकारी, दोहा, कतार । कतारमा आजदेखि सुरु भएको ‘फिफा यु-१७ विश्वकपमा आयोजक राष्ट्र कतारलाई हराउँदै इटालीले विजयी सुरुवात गरेको छ । कतारका विरुद्ध इटालीका स्ट्राइकर सामुएल इनासियोले १ गोल गरेका थिए । बेनित बोरासियोको पासमा इनासियोले गरेको सोही १ गोल नै इटालीको लागि विजयी गोल हुन पुगेको हो...
एमालेले मंसिर २७ गते काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो जनसभा गर्ने
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले आगामी मंसिर २७ गते काठमाडौंमा नेपालको इतिहासकै सबैभन्दा ठूलो जनसभा आयोजना गर्न लागेको बताएका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले उक्त जनसभामार्फत जनता कसको पक्षमा छन् भन्ने स्पष्ट हुने दाबी गरे । उनका अनुसार एमालेले...
भ्रष्टाचार आरोपमा वन अधिकृत श्रेष्ठमाथि अख्तियारको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध १ करोड ४३ लाख रुपैयाँ अकुत सम्पत्ति कमाएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।डिभिजन वन कार्यालय इलाममा अधिकृत पदमा कार्यरत रही हाल भोजपुरमा कार्यरत दशौं तहका अधिकृत श्रेष्ठले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेपछि...
तेलंगानामा भीषण सडक दुर्घटना : ट्रक–बस ठोक्किँदा २४ जनाको मृत्यु
काठमाडौँ ।तेलंगानाको रंगा रेड्डी जिल्लामा सोमबार बिहान एक भीषण सडक दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। तीव्र गतिमा आएको गिट्टी बोकेको ट्रकले तेलंगाना राज्य सडक यातायात निगम को यात्रुबाहक बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो।पुलिसका अनुसार दुर्घटना रंगारेड्डी जिल्लाको चेभेल्ला पुलिस स्टेशन...
आज बजारमा सुनको मुल्य स्थिर, चाँदीमा पाँच रुपैयाँको वृद्धि
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ ।...
अफगानिस्तानमा ६.३ म्याग्निट्यूडको भूकम्प, कम्तीमा ८ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको मजार–ए–शरीफ सहरमा मध्यरातमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पले कम्तीमा ८ जनाको ज्यान गएको छ भने सैयौं व्यक्ति घाइते भएका छन्। अमेरिकी भूगर्भ सम्बन्धी निकाय (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रविन्दु जमीनको सतहबाट करिब २८ किलोमिटर गहिराइमा रहेको थियो। मजार–ए–शरीफ सहरमा पाँच लाखभन्दा बढी मानिस बसोबास गर्छन्। भूकम्पपछि अफगानिस्तानका...
राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी आज बिहान करिब ९ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारतर्फ प्रस्थान गरेका हुन्। राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारीहरू...
शेयर बजारमा सुधारको संकेत, लगानीकर्तामा उत्साह
काठमाडौँ । पछिल्लो समय नेपाल शेयर बजारमा सुधारको स्पष्ट संकेत देखिन थालेको छ । साताको पहिलो कारोबारमा बजार दोहोरो अंकले वृद्धि भएको छ भने लगानीकर्ताको मनोबल पनि बलियो बन्दै गएको छ । निरन्तर हरियाली र कारोबार रकममा वृद्धि देखिनु बजार सुधारको दिगो संकेतका रूपमा लिइएको छ ।बजारमा सुधार आउनुका...
मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगको मान्यता
काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ। साम्पाङ आइतबार आयोग पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गरेका हुन्। निर्वाचन आयोगले पार्टीलाई औपचारिक रूपमा दर्ता गर्दै ‘माटो’ चुनाव चिन्ह तोकेको छ। पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी रहेका छन्। पदाधिकारीमा...
बञ्चरेडाँडामा फोहोर अवरोध खुल्ने, १५ दिनभित्र माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता
काठमाडौं । काठमाडौंको फोहोर विसर्जन स्थल बञ्चरेडाँडा पुगेर मन्त्री कुलमान घिसिङले आइतबार स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू सँग छलफल गरेर समझदारी जुटाएका छन् । यससँगै करिब एक सातादेखि स्थानीय बासिन्दाले फोहोर फाल्न गरेको अवरोध खुल्ने भएको छ। ‘मन्त्रीजी आज बञ्चरेडाँडा आउनुभएको थियो, उहाँले गर्न सकिने कामहरू १५ दिनभित्रै पूरा गर्ने...










