राजनीति/ समाज
नेकपा स्थायी कमिटी बैठकमा सातबुँदे एजेण्डा तय
काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठकले सातबुँदे एजेण्डा तय गरेको छ । बैठकले अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्न, सीमा समस्या र समाधानबारे, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठिनक एकताको र्पूणता, एमसीसीबारे एजेण्डा तय गरेको छ...
सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह गरेका थिए । सभामुखको आग्रहपछि पनि प्रतिपक्षी...
लकडाउनमा पनि शुल्क उठाएकोमा अखिल क्रान्तिकारीको आपत्ति
मकवानपुर । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी मकवानपुरले लकडाउनको समयमा अनलाइन कक्षाको नाममा शुल्क उठाएको प्रती आपत्ति जनाएको छ । प्याब्सन र एन प्याब्सनले अनलाइन कक्षाको नाममा र सरकारी बिद्यालयले भर्ना अभियानको नाममा शुल्क उठाइरहेको सूचना आइरहेको यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरेको...
संसदीय समितिबाट पारित भएको नागरिकता विधेयक नसाच्याए आन्दोलन गर्ने सांसदको चेतावनी
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको विरोध गरेका छन् । संसदको विशेष समयमा बोल्ले सांसदहरुले २०६३ सालमा भएको सहमती उलंघन गरेर मधेशसँग सम्बन्ध तोड्न खोजेको भन्दै संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको विरोध गरेका हुन् । २०६३ सालमा विदेशी महिलाले नेपाली...
फेरि लकडाउन ? फेरियो मोडालिटी
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा...
‘कम्युनिष्टहरुले भारतसंग सम्बन्ध कट् गरेर देशलाई चिनियाँको झोलामा लान चाहेका छन्’
मकवानपुर । राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले कम्युनिष्टहरुले भारतसंगको सम्बन्ध कट् गरेर देशलाई चिनियाँको झोलामा लान चाहेको आरोप लगाएका छन् । नेपालको भारतसंगको बैबाहिक सम्बन्ध जबरजस्ती तोडनुपर्छ भन्ने कम्युनिष्ट सरकारको मानशिकतानै गलत र खोक्रो भएको उनको भनाई छ । मधेशवादीको संस्कृति, परम्परा र बैबाहिक सम्बन्ध कुनै पार्टीले तोड्न...
कर निर्धारणको विषयमा केही समस्या भयो – जितेन्द्र नारायण देव
मकवानपुर । राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा बोल्दै नेपाल सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई कर निर्धारणको विषयमा केही समस्या भएको भन्दै सुधार गर्न माग गरेका छन् । उनले पूर्वाधार विकास कर घटाइनुपर्ने माग गरेका छन् । सरकारले पूर्वाधार विकास कर अन्तरगत पेट्रोल र...
प्रधानमन्त्री ओलीले लसुन र बेसारको महिमा सुनाए – यादव
मकवानपुर । राष्ट्रिय सभाका सदस्य ब्रिगेन्द्रकुमार सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिमका सन्दर्भमा लसुन र बेसारको महिमा सुनाएको आरोप लगाएका छन् । विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले लसुन र बेसारको महिमा सुनाउनुको साथै योग गुरुले जस्तो प्रवचन दिएको उनको भनाई...
पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पोर्न भिडियो बज्यो’
काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गर्यो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्न थाल्यो । अनधिकृत रुपमा...
दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा
पोखरा । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले संसदीय समितिबाट राजिनामा दिएका छन् । मनाङेले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको काम नखेको भन्दै समितिबाट राजिनामा दिएका हुन् । ‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ ।...









