प्रधानमन्त्री ओलीले लसुन र बेसारको महिमा सुनाए – यादव

तु खबर संवाददाता
२०७७ असार ८, सोमबार १५:४१

मकवानपुर । राष्ट्रिय सभाका सदस्य ब्रिगेन्द्रकुमार सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिमका सन्दर्भमा लसुन र बेसारको महिमा सुनाएको आरोप लगाएका छन् ।

विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले लसुन र बेसारको महिमा सुनाउनुको साथै योग गुरुले जस्तो प्रवचन दिएको उनको भनाई छ ।

नागरिकता विधेयकको विषयमा नेकपा सरकारले दुई तिहाइको दम्भ देखाएको समेत उनको आरोप छ ।

सीमा विवादको विषयमा समेत सरकार कमजोर भएको उनको आरोप छ ।

नेपालको खेत बाँझो राखेर कोशीको पानी भारतलाई बेच्ने राष्ट्रघातीतर्फ सरकारको ध्यान नपुगेको उनले आरोप लगाए ।

कोशी सम्झौता गर्ने भारतीय चेली नभएको भन्दै सरकारले आफुहरुको संस्कृतिमाथि अन्याय गरेको बताए ।

सरकारले विदेशबाट फर्किएका युवाहरुको विषयमा समेत बेवास्ता गरेको उनको आरोप छ ।

कृषि क्षेत्रका लागि मल बीउबिजन सहज र सुलभ तरिकाले उपलब्ध गराउन सरकारले नसकेको भन्दै यसतर्फ सरकारको ध्यान पुग्नुपर्ने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*