राजनीति/ समाज
लकडाउन मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आज बुधबार मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रीपरिषद् बैठक आज दिउँसो २ बजे बस्ने भएको हो । उक्त बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन जारी छ । लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई...
रुपन्देही घटनाको तत्काल छानबिन गर्न सांसदको माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता छविलाल विश्वकर्माले रुपन्देहीमा सोमबार राति भएको घटनाबारे छानविन गर्न माग गरेका छन् । नेता विश्वकर्माले मंगलबार प्रतिनिधिसभामा बोल्दै रुपन्देहीमा भएको सामुहिक हत्याको घटना छानबिन गर्न गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गरेका हुन् । उनले भने, ‘यो हत्याको निष्पक्ष छानबिन होस् ।...
नेकपा बैठक स्थगित
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको नेकपा बैठक स्थगित भएको हो । प्रतिनिधिसभामा बजेट पारित गर्नुअघि मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेकाले बैठक स्थगित भएको नेकपा स्रोतले बतायो । आइतबार दुई अध्यक्ष...
लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा
काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ । त्यसका लागि १० चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य भइरहेको बताइएको छ । असार १ बाट लागू हुने गरी अघि सारिएको...
हेटौंडा १५ का ५५ चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग
मकवानपुर । स्वास्थ्य क्षेत्रमा क्रियाशिल संस्था हिमाल मुटु नेपाल काठमाडौंले हेटौंडाका चेपाङ तथा विपन्न ५५ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । मुटु नेपालले हेटौंडा–१५ का चेपाङ तथा विपन्न ५५ परिवारलाई साँढे १२ किलो चामल, तेल, दाल, नुन, हर्लिक्स, गेडागुडीलगायत ११ प्रकारका खाद्यान्न सामाग्रीहरु सहयोग गरेको हो । खाद्यान्न सामाग्री...
विदेशबाट नेपाली नागरिक ल्याउन १० दिन उडान खोल्ने तयारी
मकवानपुर । सरकारले विदेशबाट नागरिक ल्याउन १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी गरेको छ । सरकारले विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याउनका लागि १० दिनका लागि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा अन्तर्राष्ट्रिय उडान खोल्नेबारे प्रस्ताव...
आज काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने भएको छ । उक्त बैठकमा कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुने स्रोतले जनायो । बैठकमा समसामयीक राजनीतिबारे पनि छलफल हुनसक्ने बताइएको छ ।
सुरक्षा परिषदमा समर्थन गर्ने निर्णयमा नेपाल–भारतबीच सहमति
काठमाडौं । सीमावर्ती भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको स्वामित्वलाई लिएर नेपाल र भारतबीच विवाद भइरहेका बेला नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारतका पक्षमा मतदान गर्न निर्णय गरेको छ । दुई मुलुकबीच सीमा विवादका कारण संवादहीनताको अवस्था सिर्जना भइरहेका बेला नेपालले एसिया प्रशान्त क्षेत्रबाट उम्मेदवारी दिएको भारतका पक्षमा...
विरोध खतिवडाको यस्तो गज्जब भाषण !
मकवानपुर । प्रतिनिधि सभाका सांसद विरोध खतिवडाले मदनभण्डारी प्राविधिक विश्वविद्यालय निर्माण गर्ने विषयमा विधेयक संसोधन भएर आउँदा मकवानपुरको नाममै गायब भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । संसदमा जारी विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले प्रस्तावनाको क्रममा उक्त विश्वविद्यालय मकवानपुरको चित्लाङमा गरिने भनिएको भएपनि विधेयक संसोधन भएर आउँदा मकवानपुरको नाम...
इँटाभट्टामा जिउँदै जलाएको आरोपमा थप एक जना पक्राउ
जनकपुरधाम । रौतहटको राजपुर फरहदवामा १२ वर्षअघि जिउँदै मानिस इँटाभट्टामा जलाइएको प्रकरणका आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका– ४ का ५५ बर्षीय मुक्ति साह रहेका छन् । साहलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका– ८ बाट शनिबार राति...










