संसदीय समितिबाट पारित भएको नागरिकता विधेयक नसाच्याए आन्दोलन गर्ने सांसदको चेतावनी

तु खबर संवाददाता
२०७७ असार ९, मंगलवार १५:०९
file-photo

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको विरोध गरेका छन् ।

संसदको विशेष समयमा बोल्ले सांसदहरुले २०६३ सालमा भएको सहमती उलंघन गरेर मधेशसँग सम्बन्ध तोड्न खोजेको भन्दै संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको विरोध गरेका हुन् ।

२०६३ सालमा विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ६ महिनाभित्र अंगीकृत नागरिकता पाउने सहमती भएको थियो ।

उनीहरुले संसदीय समितिबाट पारित भएको उक्त विधेयक नसाच्याए सदन र सडकबाट आन्दोलन सुरु हुने चेतावनी समेत दिएका छन् ।

सांसदहरु विशेष समयमा बोल्दै भारतसँग रोटी बेटीको सम्बन्ध रहेको र ७ वर्षको समय तोकिएको नागरिकता विधेयकलाई सरकारले गम्भीरताका साथ छलफल गरेर सहमतिको वातावरण बनाउन भनिएको छ ।

उनीहरुले सरकारले मधेशमाथि ठूलो अन्याय गरेको बताएका छन् । भारतीय चेलीहरुका कारण कुन चाहिँ दुर्घटना भएर संसदीय समितिले यस्तो निर्णय ग¥यो भन्दै उनीहरुले प्रश्न समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*