राजनीति/ समाज

विभिन्न पार्टी परित्याग गरी ३० जना नेपाली काँग्रेसमा प्रवेश

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ३० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शुक्रवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा र कांग्रेस जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा गरी ३० जना नेपाली काग्रेसमा प्रवेश गरेका हुन् । दुवै कार्यक्रममा उनीहरुलाई नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता...

नेकपा स्थायी कमिटी बैठकको निर्णयः प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकारको काममा केन्द्रीत हुने र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वयले पेश गरेको प्रस्तावमा नेताहरुले दिएको लिखित र सुझावलाई समेटिएर उक्त निर्णय...

पराजुली दुबैतिर कर्मचारी भए, दुई तिरबाटै तलब खाए

मकवानपुर । बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलका स्वकीय सचिव शिशिर पराजुलीले दुई फरक निकायबाट नायब सुब्बा सरहको तलब बुझेको खुलेको छ । पराजुलीले प्रदेशसभा सचिवालयबाट नायब सुब्बाले पाउने सेवा सुविधाबापत मासिक २८ हजार २ सय र हेटौंडा उपमहानगरपालिकाबाट पनि नायब सुब्बा सरह सोही बराबरको तबल बुझेको खुलेको हो ।...

आज नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ । गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । उक्त बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको साझा प्रस्तावमाथि छलफल हुनेछ । अध्यक्षद्वयले अध्ययनका लागि...

कित्ताकाटबारे संसदीय समितिमा छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले जमिनको कित्ताकाट खुलाउन सरकारले गरेको निर्णयबारे मन्त्रीलाई बोलाएर छलफल गर्ने भएको छ । निर्णयका सम्बन्धमा प्रश्न उठेकाले कृषि र भूमि व्यवस्थामन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने समितिका सदस्य सांसदहरूले माग गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषियोग्य जमिनलाई खण्डीकरण हुन...

अध्यक्षद्वयको साझा प्रस्तावमा नेपालले आलोचनात्मक टिप्पणी गर्ने

काठमाडौं । नेकपामा पार्टीका दुई अध्यक्षले स्थायी समिति बैठकमा पेस गर्ने साझा प्रस्तावमा वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक टिप्पणी गर्ने भएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा...

एसिड आक्रमणकारीलाई कारबाहीका लागि १५ दिनभित्र कानुन मस्यौंदा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले तेजाब (एसिड) पीडितहरूले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने जानकारी दिएका छन् । यसका लागि १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्रीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले अपराधीको सम्पतत्ति रोक्का गरी उपचार...

आज साँझको लागि तय भएको मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं । बिहीबार बेलुकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली लाग्नुपर्ने भएकाले आज बेलुकाको लागि तयार भएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज साँझ बोलाइएको मन्त्रीपरिषद् बैठक शुक्रबार...

नेपाली काँग्रेस मकवानपुरद्वारा सानोपोखरा क्लबलाई २५ हजार सहयोग

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले बुधवार हेटौंडा–५ सानोपोखरा कलबलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ । काँग्रेस मकवानपुरले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा हेटौंडा सानोपोखरा क्लबलाई २५ हजार सहयोग गरेको हो । उक्त रकम बुधवार नेपाली काँग्रेस बागमती प्रदेश संसदीय...

ओली–प्रचण्डबीच कुरा मिल्यो, नेपालको चित्त कहिले बुझ्ने ?

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद समाधान हुने चरणमा पुगेको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिकै आधारमा सरकार पार्टी सञ्चालन गर्ने सहमति भइसकेको छ । तर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ओली–प्रचण्डबीच भएको सहमतिप्रति चित्त बुझाउनुभएको छैन । विवाद समाधानका लागि गठित...