नेकपाको सचिवालय बैठक बोलाउन प्रचण्डको आग्रह

तु खबर संवाददाता
२०७७ कार्तिक १५, शनिबार १६:०४
file-photo

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटपछि पार्टीको सचिवालय बैठक बोलाउन आग्रह गरेका छन् ।

११ दिनपछि प्रधानमन्त्री ओलीसंग भेट गर्न बालुवाटार पुगेका प्रचण्डले करिब २ घण्टाको छलफलपछि पार्टीको सचिवालय बैठक बोलाउन प्रधानमन्त्रीलाई सुझाव दिएको नेकपा स्रोतले जनाएको छ ।

भेटका क्रममा प्रचण्डले ओलीसँग पछिल्लो दिनमा घटेका राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए। त्यसक्रममा दाहालले पार्टीको सचिवालय बैठक बोलाएर छलफल गरिनुपर्ने धारणा राखेका थिए ।

दाहालले कर्णाली सरकारमाथि गएको अविश्वास प्रस्ताव, रअ प्रमुखसँग सुटुक्क भेटघाट गरेको प्रसंग, पर्सा घटना र कोभिड–१९ बारे धारणा राखेका थिए।

पार्टीमा अनुमोदन नगराई निर्णय लिन थालेपछि दाहाल र ओलीबीच पुनः तिक्तता सुरू भएको छ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*