राजनीति/ समाज
माओवादी पदाधिकारीको निर्वाचन माघ २७ गते हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारीको निर्वाचन यही माघ २७ गते हुने भएको छ । महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीले पूर्णता पाउने भएको हो । यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो ।...
युवा संघ मकवानपुरको इन्चार्जमा घर्ती
मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको इञ्चार्जमा दिलु घर्ती चयन भएकी छन् । पोखरामा पुस २८ देखि ३० सम्म सम्पन्न राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकबाट अधिवेशन आयोजक कमिटी सदस्यमा मनोनित भएका घर्तीलाई सचिवालयको दोस्रो बैठकले मकवानपुर इञ्चार्जमा चयन गरेको हो । अनेरास्ववियुबाट एमाले राजनीतिमा प्रवेश गरेकी...
राप्रपाले पदाधिकारी बैठक बोलायो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ । निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ का उल्लेख भएको विधान संशोधनका लागि ७ दिनको समय सिमा दिएलगतै राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । आयोगले शनिबार संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको विधानलाई मान्यता नदिने...
खोप लिएर चेपाङ बस्ती पुगे स्वास्थ्यमन्त्री लामा
मकवनपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा कोरोनाविरुद्धको खोप अभियान लिएर मकवानपुरको चेपाङ बस्तीपुगेका छन् । मन्त्री लामा खोप अभियान लिएर शनिवार राक्सिराङ गाउँपालिका वडा नम्वर ५ ताङराङ पुगेका हुन् । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा रहेका अतिसिमान्तकृत चेपाङ समुदायमा खोप लगाउने दर कम पाइएपछि समुदायमै खोप अभियान संचालान...
निर्वाचनबारे माओवादीको आन्तरिक छलफल
काठमाडौं । राष्ट्रियसभा निर्वाचन तथा तीनै तहका निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल गरेको छ । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेका हुन् । पार्टी मुख्यालयमा भएको बैठकमा राष्ट्रियसभा तथा तिनै तहका निर्वाचन, कोभिड–१९, पार्टीका आगामी योजनालगायत...
निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने बताउँदै त्यसतर्फ लाग्न सबै सरोकारवालालाई आग्रह गरेका हुन् । उनले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति...
मकवानपुरसहित १६ जिल्लामा कांग्रेसको अधिवेशन फेरी स्थगित
मकवानपुर । नेपाली कांग्रेसको १६ जिल्ला अधिवेशन फेरी स्थगित भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको जिल्ला अधिवेशन कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएकोे कांग्रेस निर्वाचन समितिले जनाएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार, मकवानपुरसहित १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको...
माओवादीको बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको बैठक कोरोनाको बढ्दो संक्रमणका कारण अनिश्चितकालका लागि स्थगित गरिएको हो । ‘केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालना...
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हु्नेछ । कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत् जानकारी दिने सचिवालयले जनाएको छ । गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए ।...
आज गठबन्धन समन्वय समितिको बैठक बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बस्न लागेको संचारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार, सो बैठकमा आगामी निर्वाचनका सन्दर्भमा छलफल हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवा बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने...









