राजनीति/ समाज
आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
काठमाडौं । सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम...
भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाद्वारा पदभार ग्रहण
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष सन्जीव श्रेष्ठले पदभार ग्रहण गरेका छन् । उनीहरुले सोमबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् । अध्यक्ष लामाले पदभार ग्रहण गरेलगतै भीमफेदी गाउँपालिकामा रहेका शारीरिक अपाङ्गता भएका बालबालिकाको निःशुल्क स्वास्थ्य उपचारका साथै आवश्यक सहयोग सामग्री उपलब्ध गराउने निर्णय गरेका...
हेटौंडा ११ का नवनिर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ का नवनिर्वाचित अध्यक्ष तथा जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष जुना दाहाल, सदस्यहरु क्रमशः संजय विडारी, महिला सदस्य गोपिनी सापकोटा र दलित महिला सदस्य गीता सुनारलगायतले पदभार ग्रहण गरेका हुन् । पूर्व अध्यक्ष गोकर्णप्रसाद पराजुलीलगायतले आफ्नो पदभार...
स्थानीय तह निर्वाचन : एमालेका ११ हजार ५९७ उम्मेदवार विजयी
काठमाडौं । निर्वाचन आयोगले मतगणना सम्पन्न भएका पालिकामा नेकपा एमालेका साढे ११ जना उम्मेदवार विजयी भएको जनाएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा गरी हालसम्म एमालेका ११ हजार ५९७ निर्वाचित भएका...
निर्वाचन आयोगसँग चुनाव चिन्ह्र ‘गाई’ माग्ने राप्रपा नेपालको निर्णय
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचन आयोगसँग पुरानै ‘गाई’ चुनाव चिन्ह माग गर्ने निर्णय गरेको छ । राप्रपा नेपालको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगसँग पार्टीको पुरानै ‘गाई’ चुनाव चिन्ह्र माग गर्ने निर्णय गरेको हो । पार्टीका प्रवक्ता...
मकवानपुर प्रहरीद्वारा ४ सय २२ किलो गाँजा र मिनि ट्रक बरामद
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजा र मिनि ट्रक बरामद गरेको छ । प्रहरीले सोमबार साँझ थाहा नगरपालिका वडा नम्वर ३ बायोखोलास्थित डाँडाबास–पालुङ सडकको छेउबाट ४ सय २२ किलो गाँजा र मिनि ट्रक बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त लागूऔषध विशेष सूचनाको आधार पुगेको ईलाका...
मेयर लामाको पहिलो निर्णयः विपन्नलाई निशुल्क पानी, बिजुली र स्वास्थ्य बीमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सपथ ग्रहणलगत्तै पाँच बुँदे निर्णय गरेकी छिन् । मेयर लामाले हेटौंडा उपमहानगरभित्र बसोबास गर्ने अतिविपन्न परिवारमध्ये १ हजार ५४१ परिवारको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेकी हुन् । उनले अतिविपन्न परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलब्ध गराउने...
लागूऔषधसहित हेटौंडाबाट लो पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध कोरेक्ससहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाको आधारमा मकवानपुरगढी–४ घर भएर हाल हेटौंडा–१, स्वर्गलोकस्थित डेरा गरी बस्ने ३९ वर्षीय रामकृष्ण लोलाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले लो बस्ने डेराको खाट मुनी लुकाएर राखेको ३३ बोतल अबैध लागूऔषध...
हेटौंडाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथ ग्रहण
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ ग्रहण गरेका छन् । सोमबार बिहान हेटौंडा–२ मा रहेको पल्पसा हलमा आयोजित कार्यक्रममार्फत् बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित नगर प्रमुख, उपप्रमुख सहित १९ वडाका वडाध्यक्ष तथा सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् । मकवानपुरका मुख्य निर्वाचन अधिकृत...
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलन स्थगित
काठमाडौं । निर्वाचन आयोगमा आयोजना हुने नियमित पत्रकार सम्मेलन स्थगित भएको छ । साताको सोमबार र बिहीबार हुँदै आएको पत्रकार सम्मेलन स्थगित हुने भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा जानकारी दिन आयोजना हुने नियमित पत्रकार सम्मेलन...










