राजनीति/ समाज
राप्रपा मकवानपुरद्वारा जिल्ला प्रशासनमा धर्ना
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले विभिन्न माग गर्दै आज शुक्रबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । राप्रपा मकवानपुरले पेट्रोलिय पदार्थ, बेरोजगार, भ्रष्टाचार एवम् मुल्यवृद्धिलगायत विभिन्न समस्या समाधानको माग गर्दै प्रशासनमा धर्ना दिएको जनाएको छ । राप्रपा मकवानपुरका सचिव सागर थापाका अनुसार, अपराह्न १ घण्टामा प्रशानमा धर्ना...
राष्ट्रपति भण्डारीद्वारा तीन देशमा राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा...
माओवादी केन्द्रको पोलिट्ब्यूरो समितिमा १५६ सदस्य
काठमाडौं । नेकपा माओवादी केन्द्रले १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन गरेको छ । यसअघि १२५ जनाको पोलिटब्युरो रहने भनिएकामा आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो । बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिट्ब्यूरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन्...
हेटौंडामा पाँच दिने नमुना प्रदेश युवासभा अभ्यास कार्यक्रम सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको पाँच दिने नमुना प्रदेश युवासभा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रम आज बिहीबार सम्पन्न भएको हो । समापन कार्यक्रम बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले संसदको...
जिल्ला पार्टीसँग प्रेस युनियन महाधिवेशन केन्द्रित छलफल
मकवानपुर । आगामी साउन ६ र ७ गते हेटौंडामा हुन गइरहेको नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाविधेशन सफलतापूर्वक सम्पन्न गर्नको लागि नेपाली कांग्रेस मकवानपुर जिल्ला पार्टीका पदाधिकारीलगायतसँग छलफल गरिएको छ । बिहीबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा महाधिवेशन तयारीका लागि गठित स्थानीय समन्वय समितिले जिल्ला सभापतिसहित पदाधिकारी, भातृ तथा...
माओवादीको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । असार १९ गतेदेखि काठमाडौंमा जारी माओवादीको केन्द्रीय समिति बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले छलफलमा नेताहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा बस्ने गरी बोलाइएको छ ।...
सातै प्रदेशका गृहमन्त्रीको भेला जनकपुरमा
धनुषा । मधेश प्रदेशमा आज देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री लगायतको भेला हुँदैछ । राजधानी जनकपुरधाममा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छ वटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सचिव तथा मुख्य न्यायाधिवक्ता सहितको भेला हुन लागेको हो । उक्त भेलाले शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन...
निर्वाचन आयोगले माग्यो १० अर्ब खर्च
काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संघको चुनावका लागि सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । बुधबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरूबीच भएको छलफलमा आयोगले निर्वाचनको मितिका साथै सो रकमको प्रस्ताव गरेको हो । गत स्थानीय तहमा ७ अर्ब...
प्रदेश र संघको चुनाव मंसिर २ गते गर्न निर्वाचन आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संघको चुनाव आगामी मंसिर २ गते गर्नका लागि प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् । आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की,...
माओवादी केन्द्रीय समितिको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित
काठमाडौं । काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठक पुनः स्थगित भएको छ । हिजोसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो । पार्टीमा सांसद रहेका नेताहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकोले आजको बैठक पनि स्थगित भएको माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार,...









