राजनीति/ समाज

बागमती प्रदेश सभा बैठक साउन ५ गते बस्ने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक यही साउन ५ गते बिहीबार बस्ने भएको छ । प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश सभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले २६...

कर्मचारी, सुरक्षाकर्मी र बन्दीलाई भोट हाल्न दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले केही महिनापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदान गर्न दिन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई अस्थायी मतदाता नामावलीको व्यवस्था गरी निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश...

नवनिर्वाचित उपसभामुख भुसालले लिइन् सपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छिन् । उपसभामुख भुसालले आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनियताको सपथ लिएकी हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख सपथ गराएका हुन् । सपथ कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सहभागी...

अष्ट्रेलिया जाँदै प्रधानसेनापति प्रभुराम शर्मा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् । प्रधानसेनापति शर्मा यही साउन ९–११ गते सिड्नीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ रिफरेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लागेका हुन् । असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको सो भ्रमणलाई स्वीकृत गरिसकेको छ । प्रधानसेनापति शर्मा...

प्रचण्डले आज भाजपा अध्यक्षलाई भेट्ने

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज सत्तारुढ भाजपाका अध्यक्षलाई भेट्ने भएका छन् । उनले आज सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ । भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन् । यस्तै, भोेली आइतबार अपराह्न प्रधानमन्त्री...

विद्यालयलाई जग्गा दान

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरका ८१ वर्षीय मित्रबहादुर पुडासैनी र हेटौंडा ३ बसामाडीका ६८ वर्षीय मीन बहादुर पुडासैनीले विद्यालयलाई जग्गा दान गरेका छन् । उनीहरुले इन्द्रसरोबर गाउँपालिका वडा नम्वर– २ मा रहेको श्री पन्चकन्या माध्यामिक विद्यालयका लागि सयुक्त रुपमा ७ आना जग्गा दान गरेका हुन् ।...

८४ बर्षीय शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु

भक्तपुर । भक्तपुरमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर २ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकार आफ्नै घरमा मृत फेला परेका हुन् । उनको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको...

कांंग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो । आजको बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले र केही पदाधिकारीले जवाफ दिने...

प्रतिनिधिसभाको उपसभामुखमा भुसाल निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छिन् । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी भुसाल १४८ मतसहिच उपसभापति पदमा निर्वाचित भएकी हुन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । भुसालको उम्मेदवारीको प्रस्तावक...

उपसभामुख चयनका लागि संसदमा मतदान सुरु

काठमाडौं । उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको उक्त पदमा आज मतदान भएको हो । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराईले उम्मेदवारी दिएका छन् । भुसाल पाँच...