राजनीति/ समाज
राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपतिले मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । संसदका दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको...
सत्ता गठबन्धनको बैठक : मंसिर ४ गते चुनाव गर्ने सहमति
काठमाडौं । सत्तारुढ गठबन्धनको बुधबार बसेको बैठकले प्रदेश र प्रतिनिधि सभाको चुनाव आगामी मंसिर ४ गते गर्ने सहमति भएको छ । बालुवाटारमा बसेको उक्त बैठकमा मंसिर ४ गते चुनाव गर्ने गरी सहमति जुटेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार, सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले...
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक जारी छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेबाट सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा...
सप्तकोशी प्रभावितको उद्धारलाई तीब्रता दिन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ । नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडा नम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको...
प्रतिनिधि सभाबाट शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “शपथसम्बन्धी विधेयक, २०७९ मा विचार गरियोस्” भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा सांसद डा....
अनेरास्ववियु क्रान्तिकारी हेटौंडा क्याम्पसको अध्यक्षमा रसाइली
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) हेटौंडा क्याम्पसको अध्यक्षमा निश्चल रसाइली चयन भएका छन् । मंगलबार भएको अनेरास्ववियु क्रान्तिकारी हेटौंडा क्याम्पस इकाई कमिटीको चौथों सम्मेलनले रसाइली अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो । यस्तै, समितिको उपाध्यक्षमा चमेली बोम्जन, सचिवमा रोशनी आले मगर, सह–सचिवमा ज्योति पुडासैनी...
‘राइड सेयरिङ’लाई व्यवस्थित गर्न कानून बनाउँदै बागमती प्रदेश
मकवानपुर । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले पठाओ, इन, ड्राइभ टुटल जस्ता दुई पांग्रे निजी सवारी साधनमा हुने ‘राइड सेयरिङ’ लाई करको दायरामा ल्याएर व्यवस्थित गर्ने तयारी अघि बढाएको छ । प्रदेशभित्रको यातायात क्षेत्रको व्यवस्थापन नियमन गर्ने जिम्मेवारी अनुरुप प्रदेश सरकारले यस कार्यलाई मर्यादित र व्यवस्थित बनाउन...
मुख्यमन्त्री राईलाई कोरोना संक्रमण पुष्टि
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार, मुख्यमन्त्री राईलाई हिजो गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । राईसँगै उनकी पत्नी शोभा पाठक, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना संक्रमण...
आज प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने...
प्रतिनिधि र प्रदेशसभा निर्वाचन मंसिर मै हुनुपर्ने नेता बानियाँको माग
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिरमा हुनुपर्ने माग गरेका छन् । नेता बानियाँले सोमबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । उनले संघीय व्यवस्था कमजोर बनाउने तत्त्व निर्वाचन प्रभावित बनाउन लागि परेको बताए । शासन व्यवस्था असफल बनाउन लाग्नेहरूलाई...









