राजनीति/ समाज
माधब नेपाल र बामदेव गौतमको पार्टीबीच एकता घोषणा हुँदै
काठमाडौँ । नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच आज एकीकरणको घोषणा हुने भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल र अभियानका संयोजक बामदेव गौतमबीच दुबै पार्टीबीच एकीकरण गर्ने सहमति अनुसार आज घोषणा हुने भएको हो । एकीकरणपछि गौतमलाई एकीकृत समाजवादीको तेस्रो बरियताको नेताको हैसियत दिने सहमति...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नेकपा (एमाले) की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ । सो कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले...
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका ती विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको हो । आर्थिक वर्ष २०८२।८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको...
काठमाडौँ महानगरपालिकाले ल्यायो २५अर्ब ७६ करोडको बजेट
काठमाडौँ । काठमाडौंँ महानगरपालिकाले आगामी वर्ष २०८२ ०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट ल्याएको छ । उपप्रमुख सुनिता डंगोलले आज बसेको नगरसभामार्फत् सार्वजनिक गरेको नीति,कार्यक्रम तथा बजेटमा यस्तो व्यवस्था गरिएको हो । उपप्रमुख डंगोलले आगामी आर्थिक बर्ष २०८२र८३ को लागि रु २५ अर्व...
आज बस्दैछ माओवादी केन्द्रको पदाधिकारी बैठक, एमालेको जनसंगठन भेला
काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । पदाधिकारी बैठक आज दिृउँसो बस्ने गरी बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको छ । बैठकमा सरकारको काम, संसदमा दलको भूमिका, बाढी पहिरोले गरेको क्षति, राहत र पर्नुस्थापनामा केन्द्रीत हुनेछ । पछिल्लो समय विकसित...
गठबन्धन सरकारले कार्यकाल पूरा गर्छ: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन सरकारले आफ्नो पूरा कार्यकाल पूरा गर्ने दाबी गरेका छन्। सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक समापन गर्दै देउवाले दुई प्रमुख दलबीच बनेको गठबन्धनले केही समस्या आउन सक्ने भए पनि सहमति र संवादमार्फत समाधान गर्दै सरकारलाई अघि बढाइने बताए।...
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै
काठमाडौं । स्पेन भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । आजको सम्बोधनमा प्रधानमन्त्रीले स्पेन भ्रमणबारे जानकारी दिने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । संयुक्त राष्ट्रसंघद्वारा आयोजित विकासका लागि वित्तसम्बधी चौथो सम्मेलनमा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीले यसबारे प्रतिनिधिसभालाई जानकारी...
व्यवस्था निलम्बन गर्न कांग्रेस नेतृ डिनाको माग
काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले पार्टीको विधानमा उल्लेख गरिएको ‘चार वर्षमा सबै तहमा अधिवेशन’को व्यवस्था कार्यान्वयन गर्न असम्भव भएको भन्दै त्यसलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेकी छन् । आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले वडादेखि केन्द्र तहसम्म चार वर्षमा अधिवेशन गर्ने भनिए पनि त्यो व्यवहारमा...
आज प्रतिनिधिसभाको बैठकः यस्ता छन् एजेण्डा
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो । आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले विधेयकहरु टेबुल गर्ने कार्यसुची छ । कार्यसूची अनुसार, सचिव राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’...
बेरुजु नबढाउने गरी काम गरौंः सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी रहेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै सभामुख घिमिरेले बेरुजूका कारण मुलुक आर्थिक रुपमा समस्यामा पर्ने देखिएकाले ऐन...










