राजनीति/ समाज
इरानमाथि इजरायली आक्रमणको राष्ट्रसंघका महासचिवद्वारा निन्दा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा कुनै पनि प्रकारको सैन्य वृद्धि प्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेका छन्। महासचिव गुटेरेसका उपप्रवक्ता फरहान हकले एक विज्ञीप्तीमार्फत् महासचिवको सो प्रतिक्रिया सार्वजनिक गरेका हुन् । इरान र अमेरिकाबीच वार्ता जारी रहेको संवेदनशील घडीमा इजरायली आक्रमण चिन्ताजनक रहेको महासचिवको धारणा छ,...
रास्वपाको नाराबाजीबीच : भिजिट भिसा प्रकरणमा संलग्नता नभएको गृहमन्त्रीको दावी
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । संघीय संसदमा बोल्दै गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजनीनामा र छानबिन समिति बनाउनु पर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रोस्टम घेराउ गरेको छ । नाराबाजी र घेराउका...
अनेरास्ववियुको अध्यक्षमा झिनो मत अन्तरले कडरिया निर्वाचित
काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले हराउँदै डा। सुजन कडरिया निर्वाचित भएका छन् । पौडेलले ७२५ मत प्रप्त गर्दा कडरियाले ७३२ मत पाएर अध्यक्ष निर्वाचित भएका हुन् । तिब्र प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा कडरियाले बाजी मारेका हुन् । किर्तिपुरमा भएको निर्वाचनमा विद्युतीय उपकरणको प्रयोग गरी मतदान भएको...
जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : भुसाल
बुटवल । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा संलग्नता नरहेको बताएका छन् । तिलोत्तमामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले अख्तियारले दावी गरेजस्तो पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपालको संलग्नता नरहेको उनले बताएका हुन् । आफूहरुले अदालत र कानूनको सम्मान गर्ने...
माओवादी केन्द्रमा फर्कदैँ गंगानारायण श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगा नारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच आज सोमबार एकता हुँदैछ । नेसपाले नेकपा माओवादीसित पार्टी एकता गर्ने निर्णय गरेपछि यो वातावरण बनेको हो । गत निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचन लडेका महिन्द्रा राय यादव पार्टी एकताबाट पछि हटेपछि श्रेष्ठले...
जेठ १५ गते सरकारले नै हिंसा भड्काउन खोजेको जनआन्दोलन समितिको आरोप
काठमाडौं । आगामी जेठ १५ गते राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलनको घोषणा गरेको संयुक्त जनआन्दोलन परिचालन समितिले सरकारले नै हिंसा भड्काउन खोजेको आरोप लगाउँदै भत्र्सना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजावादीहरुको आन्दोलन असफल पार्न एमालेका सबै कार्यकर्ताहरुलाई राजधानी कब्जा गर्न निर्देशन दिएका थिए । संयुक्त...
तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६१ जनाविरूद्ध मुद्दा
काठमाडौं । खकाठमाडौंको तीनकुनेमा चैत १५ गते भएको आन्दोलनको घटनामा सरकारी वकिल कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध मुद्दा चलाउने गरी अदालतमा मुद्दा लगेको छ। आइतबार जिल्ला अदालत काठमाडौंमा सरकारी वकिलले मुद्दा दर्ता गर्न लागेको हो। प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाका अनुसार ६१ जनाविरूद्ध आइतबार मुद्दा दर्ता गर्ने तयारी छ।...
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, धेरै एजेण्डामा विदेश भ्रमण स्वीकृत
काठमाडौँ । मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको निर्णय अनुसार, नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्ति, आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ को स्वीकृति, नायब...
बागमती प्रदेशसभा बैठक सुरु, नेताहरुको शुभकामनापछि स्थगित हुने
हेटौंडा । बागमती प्रदेशसभाको सोह्रौं अर्थात् बजेट अधिवेशनको सोमबार ढिलो गरी सुरु भएको छ । निर्धारित समयभन्दा ३ घण्टा ढिलो गरी बैठक सुरु भएको हो । आइतबार र सोमबार बिहान दुई पटक सर्वदलीय बैठक बसे पनि सरकार र विपक्षबीच सहमति हुन नसकेपछि बैठक निर्धारित समयमा सुरु हुन नसकेको छ...
भारत–पाकिस्तानबीच युद्धविराम घोषणा
काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुबै देशका उच्च अधिकारीहरुले युद्ध विराम भएको घोषणा गरेका हुन् । युद्ध विराम तत्काल लागू हुने समेत उनीहरुले जानकारी दिएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको सहमति भएको जानकारी दिएका हुन् । भारत र पाकिस्तानबीच...










