राजनीति/ समाज

हेटौंडा–७ मा गठबन्धनको चुनाव प्रचार–प्रसार कार्यालय उद्घाटन

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसारको गर्न सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा सोमबार बिहान कार्यालय उद्घाटन गरेको छ । हेटौंडा संघ र प्रदेशको निर्वाचनमा लोकतान्त्रिक बाम गठवन्धनको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको हो । गठबन्धन मकवानपुर...

सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता

काठमाडौँ । सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा आज अभियोग पत्र दर्ता गराएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको जनाइएको छ । लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती...

हेर्नुहोस् एकीकृत समाजवादीको घोषणापत्रको पूर्णपाठ

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी...

विकास र व्यवस्था परिवर्तनका लागि युवाको भूमिका अपरिहार्यः बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्वर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले मुलुकको विकास र व्यवस्था परिवर्तनमा युवाको भूमिका अपरिहार्य रहेको बताएका छन् । मनहरी गाउँपालिकामा रहेका नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुल दल, माओवादी केन्द्रको वाईसियल र नेकपा एकीकृत समाजवादीको युथफोर्सको...

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको पार्टीका सचिव प्रेम केसीले जानकारी दिए । उनका अनुसार, आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन तयारीको विषयमा छलफल गर्न बैठक...

आज तीन दलको घोषणापत्र सार्वजनिक हुँदै

काठमाडौं । आज ३ राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले धमाधम आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेको हो । सोमबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने...

आफ्नो प्रभाव बढाउँदै डीना

मकवानपुर । आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले आफ्नो प्रभाव बढाउँदै लगेकी छन् । दैनिकजसो निर्वाचन अभियानको क्रममा जनताको घरदैलोमा पुगेकी उनले कार्यकर्ता र मतदाता माझ आफ्नो प्रभाव बढाएकी हुन् । अहिले उनको पक्षमा टोल,...

संविधान र व्यवस्था रक्षाको लागि गठबन्धन हो : नेता बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् मकवानपुर क्षेत्र नम्वर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान, व्यवस्था र प्राप्त उपलब्धी रक्षाको लागि लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताएका छन् । आईतबार लोकतान्त्रिक बाम गठबन्धनको मनहरी गाउँपालिका, हेटौंडा–३ र १९ का अगुवा कार्यकर्ता भेलामा बोल्दै...

माओवादीको घोषणापत्र सोमबार सार्वजनिक हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्ययका अनुसार, उक्त घोषणापत्र सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने भएको हो । माओवादीले वरिष्ठ उपाध्यक्ष...

बैतडीको ३१ मतदान केन्द्र अतिसंवेदनशील

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । कूल १ सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन...