विभिन्न तीन कम्युनिष्ट पार्टीले आम निर्वाचन बहिष्कार गर्ने

तु खबर संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १७:०३
file-photo

काठमाडौं । विभिन्न तीन कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन बहिस्कार गर्ने भएका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन कम्युनिस्ट पार्टीले आसन्न निर्वाचन बहिस्कार गर्ने भएको हो ।

निर्वाचन बहिस्कार गर्नेमा नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् । ती पार्टीहरुले बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो ।

​उनीहरुले निर्वाचन बहिस्कारका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । कार्तिक १९ गते पत्रकार सम्मेलन गरी बहिष्कारका कार्यक्रम सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ ।