राजनीति/ समाज

हेटौंडा ४ मा गठबन्धनको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन

मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनको हेटौंडा–४ मा मकवानपुर क्षेत्र नम्वर १ र प्रदेशसभा १ (ख) को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ । सोही अवसरमा अगुवा कार्यकर्ता भेटघाट गरी चुनावलक्षित छलफल गरिएको छ । लोकतान्त्रिक बाम गठबन्धन हेटौंडा–४ का संयोजक हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य...

८ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न

काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका ८ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी प्रदेशको मनाङ...

छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गरेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले विज्ञप्तिमार्फत छठ पर्वको शुभकामना दिएका हुन् । यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उनले बताए । प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति,...

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएकी हुन् । उनले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा...

उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नुपर्ने : खतिवडा

मकवानपुर । नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य एवम् मकवानपुर क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरोध खतिवडाले एमालेले नेतृत्व गरेको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताएका छन् । शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८ बुढिचौरमा बाम लोकतान्त्रिक संयुक्त गठबन्धनको निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो...

कांग्रेसद्वारा गठबन्धनका उम्मेदवार विजयी गराउन सर्कुलर जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय प्रचारप्रसार समितिले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सर्कुलर जारी गरेको छ । कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाश शरण महतले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई विजयी गराउन शनिवार सर्कुलर जारी गरेका हुन् । साथै उनले नेपाली कांग्रेसको...

मकवानपुरमा एयरपोर्ट बनाउने दृढ संकल्प गरेको छुः इन्द्रबहादुर बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरमा एयरपोर्ट अतिआवश्यक भएकाले बनाएरै छोड्ने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै बानियाँले आफु पर्यटन राज्यमन्त्री हुँदा मकवानपुरमा आन्तरिक विमानस्थल बनाउँछु भनेर दृढ संकल्प गरेको स्मरण गर्दै चाँडै संकल्प पूरा गर्ने बताए । सत्तारुढ गठबन्धन दलको तर्फबाट मकवानपुर क्षेत्र...

विपन्नलाई मृत्यु संस्कारका लागि १० हजार दिने कांग्रेसको चुनावी बाचा

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि शनिवार घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा विपन्न नागरिकलाई मृत्यु संस्कारका लागि १० हजार रुपैयाँ दिने उल्लेख गरिएको छ । विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा, मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकार मार्फत् उपलब्ध गराउने घोषणापत्रमा उल्लेख...

कांग्रेसको घोषणापत्रः सुत्केरी भत्ता ५ हजार पुर्याइने, ६५ वर्षमै बृद्ध भत्ता

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा सुत्केरी भत्ता ५ हजार रुपैँया पुर्याउने कांग्रेसले उल्लेख गरेको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा बृहत् लक्ष्य नाम दिएर कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरु ल्याउने उल्लेख छ । जहाँ सुत्केरी...

हेर्नुहोस् कांग्रेसको घोषणापत्रको पूर्णपाठ

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र शनिवार सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार,...