राजनीति/ समाज
एमालेका संसदहरूको भेला आज
काठमाडौं । नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आज हुने भएको छ । एमालेले आज कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको हो । पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भुमिकाका...
कांग्रेस बागमती कार्य सम्पादन समितिको बैठक बस्दै
मकवानपुर । नेपाली कांग्रेस बागमती कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । संसदीय दलको नेता चयनको विषयमा छलफल गर्न आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीले जानकारी दिए । उनका अनुसार, सानेपा स्थिती प्रदेश समितिको सम्पर्क कार्यालयमा बस्ने उक्त बैठकले प्रदेशको...
स्ववियुको निर्वाचन मिति र कार्यतालिका सार्वजनिक गर्न बैठक बस्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दैछ । विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक छलफल भइसकेको जानकारी दिँदा परिषद्का सदस्य सचिव एवम् विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले नेपाल समाचारपत्रलाई फागुन १४ मै...
कांग्रेस संसदीय दल निर्वाचन : आज उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनअन्तरगत आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए । उम्मेदवारी दर्ता शुल्क ५१ हजार...
कांग्रेस संसदीय दलको नेताको चुनाव पुस ६ गते हुने
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको चुनाव पुस ६ गते गर्ने भएको छ । आईतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले पुस ६ मा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको...
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उनका अनुसार, बैठकले अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको हो ।
एमालद्वारा नवनिर्वाचित सांसद र उम्मेदवारको भेला आह्वान
काठमाडौं । नेकपा (एमाले)ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ । एमालेले मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आह्वान गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनले पार्टीले संघीय...
एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । सो पार्टीले सोमबार १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो । आइतबार बसेको पार्टीको सचिवालय बैठकले दलको बैठक बोलाएको नेता गंगालाल तुलाधरले जानकारी दिए । आईतबार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थितिको...
कांग्रेस संसदीय दलको नेता चयन गर्न समिति गठन
काठमाडौं । नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् । समितिले...
सांसदको शपथपछि मात्रै दलको नेता चयन गर्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसदहरूको शपथपछि मात्रै दलको नेता चयन गर्ने प्रक्रियामा जाने निर्णय गरेको छ । पार्टीको आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीले उक्त निर्णय लिएको पार्टीका उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार, बैठकमा संसद्को जेष्ठ सदस्यले पद तथा गोपनीयताको शपथ खुवाएपछि मात्रै दलको नेता...








