राजनीति/ समाज

बागमती प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत

मकवानपुर । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभाका लागि भएको चुनावमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा प्रत्यक्ष तर्फ ३५ र समानुपातिक तर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएकामा ३३ दलको धरौटी जफत भएको आयोगका सचिव गोकर्णमणि दवाडीले जानकारी दिए...

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी दिए । बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव पौडेलले बताए । उनका...

माओवादी पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने माओवादी महासचिव देव गुरुङले जानकारी दिए । बैठकमा सरकार गठन र संसदीय दलका नेता...

बागमती प्रदेश प्रमुख समक्ष नवनिर्वाचित सदस्यहरूको विवरण प्रतिवेदन पेश

मकवानपुर । निर्वाचन आयोगले गत मंसिर ४ मा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित भएका बागमती प्रदेश सभाका नवनिर्वाचित सदस्यहरुको विवरण शनिबार प्रदेश प्रमुख समक्ष पेश गरेको छ । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका सचिव गोकर्णमणि दवाडीले एक कार्यक्रमबीच प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष नवनिर्वाचित सदस्यहरुको विवरण पेश...

सभापति देउवाले नवनिर्वाचित सांसदको भेला बोलाए

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरुलाई भेलामा बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदह्रलाई भेलामा बोलाएका हुन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार, सभापति देउवाले आज अपराह्न पार्टीका सबै सांसदलाई बोलाएको हो । गत मंसिर...

जसपाले राजनीतिक समितिको बैठक बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ । बैठक आगामी पुस १८ र १९ गते बस्ने गरी बोलाइएको जनाइएको छ । बैठकका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा, विधान अधिवेशन र पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा...

विप्लव नेतृत्वको नेकपाद्वारा चरणबद्ध आन्दोलन घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलन गर्ने घोषणा गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न विप्लव नेकपाले पुस १ गतेदेखि ५ गतेसम्म चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । विप्लवले...

पुस २ गते प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रस्तुत गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले सातै प्रदेश सभाको निर्वाचन परिणाम आगामी पुस २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ । आयोगले यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश सभाको निर्वाचन परिणाम प्रदेश प्रमुख समक्ष प्रस्तुत गर्न लागिको हो । आयोगले परिणामसहितको...

माओवादीका सांसदहरुले शपथ लिएलगत्तै दलको नेता चयन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्र सांसदहरुले सपथ लिएलगत्तै दलको नेता चयन गर्ने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरुको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको हो । नवनिर्वाचित सांसदलाई संसदको जेष्ठ सदस्यले पद तथा गोपनियताको शपथ खुवाउने व्यवस्था छ । माओवादीमा संसदीय दलको नेतामा पुष्प...

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना निर्वाचित (सूचीसहित)

काठमाडौं । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार, दलित समुदायबाट २८ जना निर्वाचित भएका हुन् । जसअनुसार, प्रदेश नं १ मा नेकपा एमाले बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी...