राजनीति/ समाज
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आजै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो ।...
नयाँ प्रधानमन्त्रीको शपथ भोलि हुने
काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण भोलि (सोमबार) हुने भएको छ । आर्इतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित...
प्रधानमन्त्रीको लागि प्रचण्डद्वारा निवेदन दर्ता, ७ दलको हस्ताक्षर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो । निवेदनमा जसपाको समर्थन रहने भनिएपनि हस्ताक्षर भने रहेको छैन । दर्ता भएको निवेदनमा भनिएको छ ,...
राष्ट्रपतिले दिएको समयसीमा सकियो
काठमाडौं । नयाँ सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा सकिएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको आज साँझ ५ बजेसम्मको समय सीमा सकिएको हो । निर्धारित समय सकिनु केही अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी...
प्रचण्ड नेतृत्वको सरकारमा सिकेको पार्टी पनि सहभागी हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ । भर्खर सम्पन्न जनमत पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य अब्दुल खानका अनुसार, बालकोटमा रहेका जनमतका अध्यक्ष सिके राउत...
प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने राप्रपाको निर्णय
काठमाडौं । राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने निर्णय गरेको छ । आर्इतबार बसेको पार्टी पदाधिकारीको बैठकले उक्त निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफलपछि राप्रपाले पदाधिकारी बैठक डाकेको थियो । सो...
एमालेसमेतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री, पत्र बोकेर नेताहरु शीतल निवास जाँदै
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सहमति जुटेको छ । केही बेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा काँग्रेससँग सहमति नबन्ने निश्चित भएपछि प्रचण्डसहितको नेताहरुको टोली ओली निवास बालकोट पुगेको थियो । सो छलफलमा राष्ट्रिय स्वतन्त्र...
ओलीले सरकारमा सहभागी हुन अफर गरेपछि राप्रपाको आकस्मिक बैठक बस्दै
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारमा सहभागी हुन अफर गरेपछि राप्रपाले आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा पदाधिकारीसहित सांसदहरुको बैठक बसिरहेको पार्टीका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । उनका अनुसार, पूर्वध्यक्ष प्रकाशचन्द्र लोहनी, जेष्ठ सांसद पशुपति शमशेर राणासहित पदाधिकारी र सांसदहरु सहभागी रहेको बैठकमा...
एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की
विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कुमार कार्की सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको बैठकले कार्कीलाई सर्वसहमत चयन गरिएको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । एमाले प्रदेशसभा सदस्य तिलकुमार नेम्बङ्को प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरिएको हो ।...
बालकुमारीमा जसपाको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बैठक बोलाएको छ । सत्ता समीकरण विषयमा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटको छलफलपछि जसपाले बैठक बोलाएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा उपलब्ध कार्यकारिणी समितिका सदस्यहरुलाई पार्टी कार्यालय बालकुमारीमा बोलाएका हुन् । चुनावपछि सत्ता गठबन्धन भत्काएर एमाले, माओवादी केन्द्रसहितको...







