बालकुमारीमा जसपाको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ पुष १०, आईतवार १५:४४

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बैठक बोलाएको छ । सत्ता समीकरण विषयमा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटको छलफलपछि जसपाले बैठक बोलाएको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा उपलब्ध कार्यकारिणी समितिका सदस्यहरुलाई पार्टी कार्यालय बालकुमारीमा बोलाएका हुन् ।

चुनावपछि सत्ता गठबन्धन भत्काएर एमाले, माओवादी केन्द्रसहितको छुट्टै गठबन्धन बनाएर सरकार गठन गर्ने गृहकार्यमा लागेका उपेन्द्र यादवले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीमा छलफल गर्न लागेको स्रोतले जनाएको छ ।