प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने राप्रपाको निर्णय

तु खबर संवाददाता
२०७९ पुष १०, आईतवार १६:२४
file-photo

काठमाडौं । राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने निर्णय गरेको छ । आर्इतबार बसेको पार्टी पदाधिकारीको बैठकले उक्त निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफलपछि राप्रपाले पदाधिकारी बैठक डाकेको थियो । सो बैठकले नयाँ सरकार बनाउन संख्या नपुग्ने अवस्थामा अनिर्णयको बन्दी नबन्ने निर्णय गरेको महामन्त्री पाठकले जानकारी दिए ।