राजनीति/ समाज
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड
काठमाडौं ।मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा प्रदेश प्रमुखको कार्यकक्षमा समेत तोडफोड भएको छ।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलका प्रदेश सांसद र कार्यकर्ताहरूले आज प्रदेश प्रमुख कार्यालयमा तोडफोड गरेका हुन्। प्रदर्शनकारीहरूले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयपछि...
मधेशमा एमाले नेतृत्वको तीनदलीय संयुक्त सरकार गठन
काठमाडौं। मधेश प्रदेशमा एमाले, संघीय समाजवादी र राप्रपाको सहभागितामा संयुक्त सरकार गठन भएको छ। सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन्।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम एमाले दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। मुख्यमन्त्रीमा नियुक्त भएको...
राजनीतिक संगठनको मान्यता खारेज गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका पार्टीगत संगठनलाई अब मान्यता नदिने निर्णय गरेको छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामार्फत विद्यालय तथा विश्वविद्यालयमा कार्यरत शिक्षक–कर्मचारीबीच राजनीतिक गतिविधि बढ्दै गएर शैक्षिक वातावरण र गुणस्तरमा नकारात्मक असर परेको गुनासो बढेपछि यस्तो निर्णय लिएको जनाएको छ । मन्त्रालयको सूचनामा भनिएको...
रास्वपाको विस्तारित बैठक सम्पन्न, महाधिवेशन निर्वाचनपछि गर्ने निर्णय
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनको सौराहामा सम्पन्न भएको छ। देशभरका करिब ४ सय आमन्त्रित प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, आगामी प्रतिनिधिसभा निर्वाचन, जनजीविकाका सवाल तथा पार्टीको आन्तरिक रूपान्तरणबारे विस्तृत छलफल गरिएको प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। बैठकले आगामी फागुन...
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा
काठमाडौं ।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभा बैठकमै पदबाट राजीनामा घोषणा गरेका छन्। विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत नपाउने संकेत देखिएपछि बैठकबाट बाहिरिँदै आफ्नो राजीनामा घोषणा गरेका हुन्। प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री सोनलले भने, “म आजकै मितिदेखि मुख्यमन्त्री पदबाट राजीनामा...
अफ्ताब आलमप्रति कांग्रेसको श्रद्धाञ्जली, बैठक कात्तिक २५ गते
काठमाडौं । नेपाली कांग्रेसको आइतबार साढे ११ बजे बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ। पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा रौतहटका पूर्व जिल्ला सभापति मोहम्मद अफ्ताव आलमको निधनका कारण बैठक स्थगित गरिएको हो। शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक बैठकले आलमको निधनप्रति गहिरो...
मधेशका मुख्यमन्त्री जितेन्द्र सोनालले आज विश्वासको मत लिदै
काठमाडौं ।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनालले आज (शुक्रवार) प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनाल गत असोज २९ गते छ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। विश्वासको मतका लागि मधेश प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ। संविधानको धारा १६८ को उपधारा (४)...
गठबन्धन खुला तर पहिचानमा सम्झौता नहुने रास्वपाको निष्कर्ष
काठमाडौं ।पुराना राजनीतिक दलहरूको गठबन्धनप्रति आलोचनात्मक दृष्टिकोण राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि भने अन्य दल र समूहहरूसँग सहकार्य गर्न सकिने संकेत दिएको छ। तर, पार्टीको मौलिक पहिचानमा आघात पुग्नेगरी गठबन्धन नगर्ने स्पष्ट अडान लिएको छ।चितवनको सौराहामा शुक्रबारदेखि सुरु पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक...
वैकल्पिक वाम ध्रुवीकरणतर्फ तीन नेताको छलफल
काठमाडौँ । वैकल्पिक राजनीतिक शक्ति निर्माणको पहलमा रहेका प्रगतिशील अभियानका नेता जनार्दन शर्मा, एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भूसाल र कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव बीच आज बिहान ललितपुरको हरिसिद्धीमा भेटवार्ता भएको छ । शर्मा र भूसाल शुक्रबार बिहानै हरिसिद्धीस्थित विप्लव निवासमा पुगेका थिए ।...
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दाको आज सुनुवाइ
काठमाडौँ ।रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदैछ।सुनुवाइ न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा तोकिएको...









