राजनीति/ समाज
एमाले बैठकमा नेतृत्व परिवर्तनको माग तीव्र, ओलीमाथि दबाब बढ्दो
काठमाडौँ । नेकपा एमालेको ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको एजेण्डा तीव्र रूपमा अघि बढिरहेको छ । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन्। अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्दै तिम्सिनाले नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन...
मधेश प्रदेशसभा सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व कानुन राज्यमन्त्री सिंहसहितका व्यक्तिहरूविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो माग गर्दै मुद्दा...
आयोग र राजनीतिक दलबीच आज फागुन २१ को निर्वाचन तयारीबारे छलफल
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आयोगले बिहान साढे ११ बजे आफ्नो कार्यालय कान्तिपथमा बैठक आयोजना गरेको हो । निर्वाचन आयोगका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ वटा राजनीतिक...
कांग्रेसमा ५३ प्रतिशत प्रतिनिधिको समर्थनसहित विशेष महाधिवेशनको पहल
काठमाडौँ । नेपाली कांग्रेसका ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि निवेदन बुझाएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको निवेदन बुझाइएको हो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा चलाइएको हस्ताक्षर अभियानअन्तर्गत २४ सय ८८ प्रतिनिधिले हस्ताक्षर गरेका थिए। अभियानका नेता गुरुराज घिमिरेका अनुसार...
एमालेले मंसिर २७ देखि २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरेका छन्। बुधबारदेखि ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले विशेष प्रस्तावमार्फत मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने सुझाव पेस गरेका हुन्। यसअघि बसेको एमाले सचिवालय बैठकले...
ललितपुरमा ओलीको सम्बोधन : ‘एमाले सुशासन र स्थिरताको अगुवा पार्टी हो
काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हटेको भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन्। बुधबार ललितपुरमा सुरु भएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले कमजोर नभएको र अझै पनि देशको राजनीतिक, आर्थिक तथा विकासको नायकत्व गर्ने पार्टी रहेको दाबी गरे।...
देशको हित केन्द्रमा राखी अघि बढ्न देउवाको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेन-जी आन्दोलनले उठाएका जायज मागहरू पूरा गर्नुपर्ने बताएका छन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै देउवाले जनताका अधिकारका लागि आफूले विभिन्न समयमा गरेको संघर्ष स्मरण गराउँदै जेनजीका मागबारे केन्द्रीय समिति बैठकमा गहन छलफल हुने बताए। देउवाले आन्दोलनपछि देशमा उत्पन्न राजनीतिक अवस्थाबारे पनि...
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर
काठमाडौँ । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । मंगलबार बिहान सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध तीनवटा रिट पेस भएका हुन्। अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दायर भएका रिटमध्ये एउटा सरकार असंवैधानिक रहेको भन्दै पेस गरिएको हो भने बाँकी दुईवटा रिट प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका हुन्।...
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिँदै
काठमाडौं ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (असोज २८ गते) विश्वासको मत लिँदै छन्। दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन्। २५ जेठ २०८२ मा नेकपा (एमाले) र माओवादी केन्द्रसहित ६ दलका ५५ सांसदको समर्थनमा जनमत पार्टीबाट सिंह मुख्यमन्त्री बनेका थिए। तर,...
मन्त्री कुलमान घिसिङ र कोरियाली राजदूत पार्क ताइयोङबीच भेटवार्ता
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।भेटका क्रममा राजदूत पार्कले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले नेपाल र कोरियाबीचको दीर्घकालीन आर्थिक...










