राजनीति/ समाज
निर्वाचन आयोगमा १२२ दल दर्ता, सात खारेज
काठमाडौं । निर्वाचन आयोगमा हाल १२२ राजनीतिक दल दर्ता भएका छन् । आयोगले आइतबार (कात्तिक ३०) पत्रकार सम्मेलनमार्फत यो जानकारी सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणाको दिन पनि १२२ दल दर्ता थिए र हाल पनि सोही संख्या कायम छ। यसबीच सातवटा दल खारेज भएका छन्...
दुर्गा प्रसाईंको समर्थनमा ‘नागरिक बचाउ दल’ दर्ता प्रक्रियामा
काठमाडौँ । दुर्गा प्रसाईंको समर्थनमा गठन गरिएको नागरिक बचाउ दल दर्ताका लागि निवेदन निर्वाचन आयोगमा पुगेको छ। आइतबार सभापति माधव खतिवडा (माधव कल्पित) सहितका सदस्यहरू आयोगमा उपस्थित भई सनाखत गराइसकेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सञ्चालन गर्दै आएका प्रसाईंको यही अभियानसँग मिल्दोजुल्दो नाममा दल दर्ता...
फागुन २१ को निर्वाचन लक्षित दल दर्ता आज अन्तिम
काठमाडौँ । प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीसंगै निर्वाचन आयोगले आह्वान गरेको राजनीतिक दल दर्ताको समय आज (कात्तिक ३० गते) अन्त्य हुँदैछ। आयोगले तय गरेको कार्यालय समय समाप्त भएपछि नयाँ दल दर्ताको अवधि औपचारिक रूपमा बन्द हुनेछ।फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन र...
रास्वपाका सन्तोष परियारद्वारा पार्टी त्याग, वामपन्थी धारमा नयाँ अभियान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। उनले रास्वपाको सदस्यता त्याग गर्दै वामपन्थी धारको राजनीतिक अभियानमा सक्रिय हुने उद्देश्य व्यक्त गरेका छन्। परियारले आजै रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका...
कांग्रेसको १५ औँ महाधिवेशनबारे २५ जना केन्द्रीय सदस्यहरूको ज्ञापनपत्र
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षमा रहेका २५ जना केन्द्रीय सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा ७ बुँदे मागसहित केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाउने क्रममा केन्द्रीय सदस्य उदय शमशेर राणाले पार्टीको विधानअनुसार मंसिर १५ भित्र महाधिवेशन सुरु गरी तहगत रूपमा सम्पन्न गर्नुपर्ने माग उठाएका छन्। उनीहरूको...
महाभियोग प्रकरण: सभामुखद्वारा कारबाही, उपसभामुखद्वारा बदर
काठमाडौँ ।मधेस प्रदेशसभामा सभामुख रामचन्द्र मण्डल र दलहरूबीचको विवाद उत्कर्षमा पुगेको छ। सभामुख मण्डलले बिहीबार जनता समाजवादी पार्टी (जसपा–नेपाल)का चार र नागरिक उन्मुक्ति पार्टीकी एक सांसदलाई लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै पदमुक्त गरेको सूचना जारी गरेका थिए। पदमुक्त गरिएका सांसदहरूमा उर्मिला देवी सिंह, मनिषकुमार सुमन, सञ्जयकुमार यादव,...
रुस विरुद्ध प्रतिबन्धहरु घोषणा, सकियो जी ७ देशका विदेशमन्त्रीहरुको बैठक
गिरिजा अधिकारी ओन्टरियो, क्यानाडा । जी ७ देशका विदेशमन्त्रीहरुले महत्वपूर्ण विषयहरुमा बृहत छलफल गरेपछि केही निश्कर्षसहित जारी बैठक टुंग्याएका छन् । त्यसमा क्यानाडाका तर्फबाट रुस विरुद्ध थप प्रतिबन्धहरु समेत छन् । क्यानाडाकी विदेशमन्त्री अनिता आनन्दले जी ७ देशका विदेशमन्त्रीहरु र थप केही आमन्त्रित देशका विदेशमन्त्रीलाई स्वागत गरेपछि सुरु भएको...
क्यानाडामा जी ७ देशका विदेशमन्त्रीहरुको बैठक सुरु
ओन्टारियो, क्यानाडा । विदेशमन्त्री अनिता आनन्दले हिजो जी ७ देशका विदेशमन्त्रीहरुलाई ओन्टारियोको नायग्रामा स्वागत गरेकी छिन् । जी ७ मा आवद्ध बाहेक थप आमन्त्रित देशका विदेशमन्त्रीहरु पनि नायग्रा आइपुगेका छन् । आजसम्म चल्ने विदेशमन्त्रीहरुको वैठक सुरक्षा, आपसी हित र आर्थिक मामिलाहरुसँग केन्द्रीत छ । यसमा थप रुपमा अमेरिकी राष्ट्रपति...
प्रचण्ड, माधव र रावलबीच सहमति पत्रमा हस्ताक्षर
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएपछि रावल औपचारिक रूपमा नेकपामा समाहित भएका छन्।बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले...
रामकुमारी झाँक्री र किसान श्रेष्ठ पुनः एमालेमा फर्किए
काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको प्रस्तावित एकता प्रक्रियामा असहमति जनाउँदै नेकपा (एकीकृत समाजवादी) का नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ (किसान) पुनः नेकपा (एमाले) मा फर्किएका छन्।सोमबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममा उनीहरूले औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्। एमालेले सुरु...








