राजनीति/ समाज

शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजित

काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ विनियोजित गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले उक्त बजेट विनियोजित गरेको जानकारी गराएका हुन् । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।

सन् २०२३–२०३२ लाई पर्यटन दशकका रुपमा मनाउने सरकारको घोषणा

काठमाडौं । सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । उनले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने...

पुराना सरकारी गाडीहरु ६ महिना भित्रमै लिलामी गरिने

काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारी निकायमा रहेका पूराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू ६ महिनाभित्र लिलाम गरिने बताए ।...

सबै स्थानीय तहमा रोजगारीको अवसर प्रदान गर्न ७ अर्ब विनियोजन

काठमाडौं । सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने भएको छ । सरकारले आर्थिक बर्षको बजेटमा यस कामका लागि ७ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । ‘आत्मनिर्भर अर्थतनत्र विकास गर्न रोजगारी, लघु उद्यम पर्वधन र पर्यटन तथा बाझो जग्गा उपयोगमा यो रकम खर्च गरिने...

प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिने

काठमाडौं । सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गर्ने घोषणा गरेका हुन् । उनले आगामी आर्थिक वर्षमा नयाँ...

बजेट भाषण : २० वटा संस्थाहरु खारेज गरिने

काठमाडौं । नेपाल सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २० वटा संस्थाहरु खारेज गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायहरुलाई एक अर्कामा गाभिने समेत बताए । अर्थमन्त्री महतका अनुसार,...

बजेट भाषण : प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो रकम वित्तीय हस्तान्तरणका रुपमा हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । वित्त आयोगको सिफारिसका आधारमा वित्त समानीकरणतर्फ प्रदेशलाई ५८ अर्ब ६७...

मौलिक हक र मानव अधिकारको प्रत्याभूति गर्न प्रदेश सरकारको भूमिका गतिशील’

मकवानपुर । बागमती प्रदेश प्रमुख यावद चन्द्र शर्माले नेपालको संविधानमा मौलिक हक तथा मानव अधिकारको प्रत्याभूति गर्न प्रदेश सरकारको भूमिका गतिशील हुनुपर्ने बताएका छन् । १६ औं गणतन्त्र दिवसको उपलक्ष्यमा बागमती प्रदेश सरकारको मूल समारोह समितिद्वारा आज हेटौंडामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् ।...

हेटौंडाकी विन्दबासिनीले लिइन् सांसदको शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम नव निर्वाचित सांसद विन्दबासिनी कंशाकारले शपथ लिएकी छिन् । हेटौंडाकी कंशाकार सोमबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । २ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि निष्काशनमा परेका ढाकाकुमार श्रेष्ठको स्थानमा कंशाकार...

मन्त्रिपरिषद् बैठकद्वारा आगामी आवको बजेट पारित

काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो । आज अपराह्न ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । यस्तै, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको...