राजनीति/ समाज

सरकारको बजेटमाथि सामान्य छलफल प्रारम्भ

काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा उक्त छलफलमाथि...

‘पित्रृ सतात्मक सोच र संस्कार परिवर्तन नभएसम्म बिभेद अन्त्य हुँदैन’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले समाजमा लामो समयदेखी जरो गाड्दै आएको पित्रृ सतात्मक सोच र संस्कार परिवर्तन नभएसम्म महिला र पुरुषको बिभेद अन्त्य नहुने बताएका छन् । राष्ट्रिय महिला आयोगद्वारा सोमबार सामाजिक विकास मन्त्रालयमा आयोजित “महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनैनिक दलका प्रमुख एवम् सरोकारवाला निकायसंगको...

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि

काठमाडौं । निर्वाचन आयोगले आफ्नो जिल्लास्थित संरचना खारेज गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जिल्ला निर्वाचन आयोगहरु खारेज गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । बिना अध्ययन, तयारी र वैकल्पिक व्यवस्थापनको आधारसमेत खडा नगरी भएको खारेजीको...

कांग्रेसको फापरवारीमा गाउँपालिकास्तरीय सम्मेलन

मकवानपुर । मकवानपुरको पुर्वी क्षेत्र फापरवारीमा नेपाली कांग्रेस बागमती गाउँपालिकाको गाउँपालिकास्तरीय सम्मेलन भएको छ । कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, क्षेत्र, संघीय, जिल्ला र प्रदेशको सम्मेलन गर्ने कार्यक्रम अन्तरगत कांग्रेसको बागमती गाउँपालिकाको सम्मेलन भएको हो । कांग्रेस बागमती गाउँपालिका सभापति फणिन्द्र तिमल्सिनाको सभाध्यक्षता, कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय...

जसपाले बजेटमाथि अन्तरक्रिया गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारद्वारा प्रस्तत २०८०⁄०८१ को बजेटमाथि अन्तरक्रिया गर्ने भएको छ । जसपाले मंगलबार टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो ४ बजेदेखि अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको हो । नेपाल बौद्धिक पेसाकर्मी महासंघको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेताहरु र आर्थिक विषयका जानकारहरुको...

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएको दुबै सदनको बैठक आज बस्ने भएको हो । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १ बजेपछि बस्ने भएको हो । आइतबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी...

शरणार्थी प्रकरण : आरोपीमाथि आज पनि थुनछेक बहस जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबारबाट सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो । न्यायायधिस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस...

राज्यकोषको दुरुपयोगः वडाको भवन उद्घाटन गर्न मुख्यमन्त्री र मन्त्रीको टोली

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित प्रदेशका मन्त्रीहरु सिन्धुलीमा आज एउटै मञ्चमा देखिए । आइतबार मुख्यमन्त्री जम्कट्टेलसहित प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ र उर्जा सिचाई तथा खानेपानीमन्त्री तीर्थ लामा एउटै मञ्चमा देखिएका हुन् । मरिण गाउँपालिका–२ नम्वर वडाको भवन उद्घाटन गर्न मुख्यमन्त्री र थप दुई मन्त्री...

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलाइएकाहरुविरुद्ध आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुँदैछ । शुक्रबार बयान सकिएकाले आइतबारदेखि सरकारी वकिलले बहस गर्न लागेका हुन् । इजलासले अनुमती दिएको अवस्था बाहेक आजदेखि नै थुनछेक बहस सुरु हुनेछ । सुरुमा सरकारी वकिल र जाहेरीकर्ताका कानून व्यवसायीहरुले आरोपितहरुलाई थुनामा नै...

बजेटमाथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने भएको हो । उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान...