‘पित्रृ सतात्मक सोच र संस्कार परिवर्तन नभएसम्म बिभेद अन्त्य हुँदैन’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले समाजमा लामो समयदेखी जरो गाड्दै आएको पित्रृ सतात्मक सोच र संस्कार परिवर्तन नभएसम्म महिला र पुरुषको बिभेद अन्त्य नहुने बताएका छन् ।
राष्ट्रिय महिला आयोगद्वारा सोमबार सामाजिक विकास मन्त्रालयमा आयोजित “महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनैनिक दलका प्रमुख एवम् सरोकारवाला निकायसंगको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलले महिला र पुरुषबीचको बिभेद भन्ने कुरा संस्कारका रुपमा छाईरहेको बताउँदै बिभेदकारी संस्कारले महिला र पुरुषको समान्ता छुटाएको बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, भारती पाठक, हेटौंडा उपमहानगरपालीकाका मेयर मिना लामा, प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु, प्रदेश जिल्ला तहका राजनैतिक नेतृत्वहरु, विभिन्न संघ संगठनका प्रतिनिधिहरुले महिलाहरुको पहुँच बढाउन कार्यान्वयन पक्षलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए ।
