राजनीति/ समाज
मंगलबार स्थगित भएको राष्ट्रिय सभाको बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक आज बस्न लागेको हो । मंगलबार लागि निर्धारण गरेको बैठक संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर स्थगित भएको जानकारी गराएका थिए । राष्ट्रिय सभाको बैठक ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक सिंहदरबारमा हाल जारी छ । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मंगलबार बस्ने नियमित बैठक बुधबार बिहान बसेको हो । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि यो पहिलो बैठक पनि हो ।
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा सर्वोच्चबाट कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार प्रदान गर्ने आदेश...
शरणार्थी प्रकरण : आजबाट अभियुक्तका पक्षबाट बहस
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस सुरु हुने भएको छ । मंगलबा सरकारी वकिलको बहस सकिएसँगै आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्ने भएका हुन् । बहसका लागि पूर्व महान्यायाधिवक्ता नेपाल बार एशोसियनका बहालवाला अध्यक्ष, पूर्व अध्यक्षहरूले नाम टिपाएका छन् । यसअघि नै निर्धारण भएको...
राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं । राष्ट्रिय सभाको मंगलबार बस्ने गरी बोलाइएको बैठक स्थगित भएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि तय गरेको राष्ट्रिय सभाको बैठक विशेष कारणवश बुधबारसम्मका लागि स्थगित भएको हो । मंगलबार लागि निर्धारण गरेको बैठक संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर स्थगित भएको जानकारी गराए...
उपमहानगरको विकासमा सहयोग गर्न मुख्यमन्त्रीलाई महतको सुझाव
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले हेटौंडा उपमहानगरपालिकाको लागि बागमती प्रदेश सरकार समक्ष सुझावहरु पेश गरेका छन् । हेटौंडालाई समृद्ध बनाउने उद्देश्यका साथ सचिव महतले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विभिन्न योजनाहरु समेटिएको सुझावपत्र पेश गरेका छन् । उनले पर्यटन, धार्मिक, जलचर संरक्षण, विभिन्न जंगली जनावरका फार्महरुका बारेमा, फलफूलको...
शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलको बहस सकिएको छ । थुनछेक बहस मंगलबार सकिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनका अनुसार, सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानून व्यवसायीको बहस सुरु हुनेछ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको...
कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए पदबाट राजीनामा
विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै माओवादीबाट मन्त्री बनेका दुई जना राजीनामा दिएका हुन् । कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईंँ र पर्यटन वन तथा वातावरण मन्त्री जीवन...
कांग्रेस महामन्त्री थापा जेष्ठ २९ गते मकवानपुर आउने
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र २ र प्रदेश सभा (ख) को आयोजनामा यही जेष्ठ २९ गते सोमबार हुने क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री थापा मकवानपुर आउन लागेका हुन् । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्षेत्र...
प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुने संसद् सचिवालयले जनाएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि...









