राजनीति/ समाज

राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्ने

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको जनवर्गीय संगठनहरुले संयुक्त रुपमा आज काठमाडौंडमा विरोध प्रदर्शन गर्ने भएको छ । नागरिकता विधेयक, संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखेर विरोध प्रदर्शन गर्ने भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । आज दिउँसो २ बजे बबलमहलमा भेला भएर जुलुस...

निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल

काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलबीच आज जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल हुने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, आज बिहान साढे ११ बजे बस्ने बैठकमा उक्त विषयमा छलफल हुने भएको हो । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–०८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय...

राप्रपा नेपालले भोलि विरोध प्रदर्शन गर्ने

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको जनवर्गीय संगठनहरुले संयुक्त रुपमा शुक्रबार काठमाडौंडमा विरोध प्रदर्शन गर्ने भएको छ । नागरिकता विधेयक, संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखेर विरोध प्रदर्शन गर्ने भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । भोलि शुक्रबार दिउँसो २ बजे बबलमहलमा भेला भएर...

नेपाली कांग्रेसको सचेतकमा सुशिला थिङ

काठमाडौं । नेपाली कांग्रेसको सचेतकमा सुशिला थिङ मनोनित भएकी छिन् । कांग्रेस प्रतिनिधि सभा सदस्य थिङलाई सभापति शेरबहादुर देउवाले बिहीबार सचेतक पदमा मनोनित गरेका हुन् । कांग्रेस संसदीय दलको विधानको धारा १३ को उपधारा २ बमोजिम सो मनोनिन गरिएको कांग्रेस संसदीय दलले जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–२ घर...

स्वास्थ्यमन्त्री बस्नेतले गरे हेटौंडा अस्पतालको अनुगमन

मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले हेटौंडा अस्पतालको अनुगमन गरेका छन् । मन्त्री बस्नेतले बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित उक्त अस्पतालको अनुगमन गरेका हुन् । मन्त्री बस्नेतले अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, फार्मेसीलगायत विभिन्न कक्षको अनुगमन गरेका थिए भने अस्पतालमा भर्ना भएका विरामीहरुको अवस्था बारे जानकारी...

नेसपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक आजदेखिसुरु हुँदैछ । बैठक भक्तपुरस्थित लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्न लागेको हो । आज र भोलि (जेठ २५ र २६ गते) २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय...

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक जेष्ठ २७ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शनिबार दिनको १ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ । केन्द्रीय कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल...

सरकारको बजेटमाथि आज पनि छलफल जारी रहने

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने भएकोे हो । उक्त बैठकमा बजेटमाथिको छलफलले निरन्तरता पाउने भएको हो । सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । सत्तापक्षका सांसद्हरुले बजेटको बचाउँ गर्दै गर्दा विपक्षी सांसद्हरुले...

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकालाई सर्वदलीय बैठक बोलाउने निर्णय गरेको छ । आयोगका पदाधिकारीहरूको बुधवार बसेको बैठकले यही जेठ २६ गते बिहान साढे ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाउने निर्णय गरेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनका अनुसार,...

निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका उनले सरकारले हुलमुलमा कार्यालयहरु कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्ने...