प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।
गत जेष्ठ १५ गते संसदमा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सोमबारबाट सदनमा छलफल प्रारम्भ भएको थियो ।
