राजनीति/ समाज
कांग्रेस पूर्व केन्द्रीय सदस्य न्यौपानेको निधन
काठमाडौं । नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य तथा वरिष्ठ अधिवक्ता हरिप्रसाद न्यौपानेको निधन भएको छ । ७२ वर्षीय न्यौपानेको शुक्रबार बिहान ७ बजे काठमाडौंको मध्यवानेश्वरस्थित आफ्नै निवासमा न्यौपानेको निधन भएको हो । न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । उनको निधनबाट कांग्रेसले एक अनुभवी...
जसपाले पार्टीको विधानबाट उमेर हद हटायो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल ले पार्टीको विधानबाट उमेर हदको प्रावधान हटाएको छ । पार्टीको विधान अधिवेशनबाट तय गरिएको उमेर हद हटाएर कार्यकालको प्रावधान राखिएको हो । जसपाले पार्टी केन्द्रीय सदस्यको उमेर हद ७० तय गरेको थियो । विधानको धारा–८६ को उपधारा (१) मा ७० वर्ष उमेर...
माओवादीले थप्यो दुई जना केन्द्रीय सदस्य
काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्य थप गरेको छ । माओवादीले बाबुराम गौतम (ओखलढुंगा) र अशोक कुमार मण्डल ‘अमर’ (सप्तरी) लाई केन्द्रीय सदस्यमा थप गरिएको हो । गौतमले कोशी प्रदेश सभामुखबाट राजीनामा दिएसँगै माओवादीले केन्द्रीय सदस्य बनाएको हो । यस्तै, मण्डल यादव उनी जनयुद्धकालीन नेता हुन्...
आज ओल्के पर्व मनाइँदै, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । आज ओल्के पर्व मनाइँदैछ । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज एक दिन सार्वजनिक बिदा दिइएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा भदौ १ गते ओल्के पर्व मनाउने चलन रहेको छ । ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई...
रास्वपाद्वारा प्रदेश र जिल्ला अनुशासन आयोगका लागि आवेदन माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र जिल्ला अनुशासन आयोग गठनका लागि पदाधिकारी र सदस्यको आवेदन माग गरेको छ । रास्वपाले साउन ३० मा प्रदेश र जिल्ला अनुशासन आयोग गठनका लागि पार्टीको प्रदेश, जिल्ला, पालिका र वडाको नेतृत्वलाई परिपत्र गरी सात दिनभित्र आवेदन दिन माग गरेको हो...
राष्ट्रपतिले पहिलोपटक सर्वदलीय बैठक बोलाउँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक आह्वान गर्ने तयारी गरिएको छ । यसअघि गत शुक्रबार राष्ट्रपति पौडेल...
एमालेले बहिस्कार गरेपछि स्थगित भयो लेखा समितिको बैठक
काठमाडौं । नेकपा एमालेका सांसदहरुले संसदको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन् । बिहीबार अपराह्न बस्ने गरी आह्वान गरिएको बैठक एमालेका सांसदहरुले हशिस्कार गरेका हुन् । दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठकमा एमाले सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बैठक नै स्थगित भएको समितिका जेष्ठ सदस्य समेत रहेका...
एमालेको कार्यक्रममा ओलीको बाहेक अरु नेताको फोटो राख्न नपाइने
काठमाडौँ । नेकपा एमालेले आयोजना गर्ने सार्वजनिक कार्यक्रमहरुमा केपी शर्मा ओलीको मात्रै फोटो राख्न पाइने भएको छ । एमालेले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन बनाएको मापदण्डमा सो कुरा उल्लेख छ । पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा...
संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने गठबन्धनको निर्णय
काठमाडौं । संसदको जारी अवरोध खुलाउन सत्ता गठबन्धनले एमालेसहितका दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो । बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो...
राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगे ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन् । अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न बुधबार राष्ट्रपति भवन शीतलनिवासमा पुगेका हुन् । सो भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।...










