राजनीति/ समाज
राष्ट्रिय दलको बैठक आज पनि बस्ने तय
काठमाडौं । संसद् अवरोध खुलाउने प्रयासस्वरुप राष्ट्रिय दलको बैठक आज पनि बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने तय भएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठक बस्ने भनिएको पनि समय भने नतोकिएको छैन । यसअघि आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी...
समाजवादी मोर्चाको बैठक जारी
काठमाडौं । समाजवादी मोर्चाको बैठक हाल जारी छ । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू सहभागी...
निष्कर्षविहीन नै टुंगियो राष्ट्रिय दलको बैठक
काठमाडौं । संसद् खुलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आह्वान गरिएको राष्ट्रिय दलको बैठक निष्कर्षविहीन नै टुंगिएको छ । संसद् खुलाउने विषयमा सहमति जुटाउन आइतबार दिउँसो सिंहदरबारमा बसेको प्रमुख प्रतिपक्षी दल, अन्य विपक्षी दल तथा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन नै सकिएको हो । नेकपा एमालेले सुन...
आइतबार बोलाइएको प्रतिनिधि सभा स्थगित, भदौ ५ गते बस्ने
काठमाडौं । संघीय संसद् अन्तर्गत आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्ने भएपछि आज अपराह्न १ बजे बस्ने गरी आह्वान गरिएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभाको अर्को बैठक यही भदौ ५ गते अपराह्न ३ बस्ने...
प्रदीप गिरिको अस्तु पावन यात्रा हेटौंडामा
मकवानपुर । नेपाली कांग्रेसका स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अस्तु पावन यात्रा हेटौंडा आइपुगेको छ । काठमाडौंबाट सुरु भएको गिरिको अस्तु भदौ ५ गते भारतको तीर्थस्थल वनारसमा विर्सजन कार्यक्रम रहेको छ । सोही क्रममा प्रतिनिधि मण्डलसहितको टोली शनिबार साँझ हेटौंडा–२ स्थित नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आइपुगेको...
आज एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार, बैठकमा पार्टीले अवलम्बन...
नेविसंघ मकवानपुर क्याम्पस इकाईको पहिलो बैठक सम्पन्न
मकवानपुर । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई कार्यसमितिको पहिलो बैठक शनिबार सम्पन्न भएको छ । बैठक नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समिति वरिष्ठ उपाध्यक्ष बिनोद थिङ (दिपक) को अध्यक्षतामा सम्पन्न भएको हो । उक्त बैठकमा विभिन्न चार वटा महत्वपूर्ण प्रस्तावमाथि छलफल भएको नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाई...
एमालेले पार्टीको नामका फेक एकाउन्ट बन्द गर्ने
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको नामका विभिन्न फेक एकाउन्ट बन्द गर्ने भएको छ । एमालेले सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरुबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको ठहर गर्दै बन्द गर्ने भएको हो । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपानि ८ जारी गर्दै यसले पार्टी पंक्ति...
पूर्व केन्द्रीय सदस्य न्यौपानेको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने
काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार निधन भएको पूर्व केन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै न्यौपानेको शोकमा केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने जानकारी गराएको हो । जारी विज्ञप्ती...
माओवादी केन्द्रद्वारा केही पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय केही पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी संघको समेत संयोजन सचिव दिनानाथ शर्माले गर्नेगरी फ्रायाक्सन इञ्चार्जमा केन्द्रीय सदस्य कृष्णध्वोज खड्कालाई जिम्मेवारी दिइएको छ । यसैगरी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनको सह–इञ्चार्जमा केन्द्रीय सदस्य शिवराम यादव, स्थायी...









