राजनीति/ समाज
मेयरको सचिवालय मर्मत गर्न ५३ लाखको टेन्डर
काठमाडौं । काठमाडौँ महानगरपालिकाले मेयर बालेन्द्र साह (बालेन) को सचिवालय मर्मत गर्नको लागि आधा करोड भन्दा बढीको टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले सूचनामार्फत् मेयर बालेनको सचिवालय मर्मत गर्न ५३ लाख ८९ हजार ८३९ रुपैया ७१ पैसाको टेन्डर आह्वान गरेको हो । महानगरले जारी गरेको सूचनामा असोज ७ गते...
बाढी र डुबानका कारण एमाले सचिवालय बैठक स्थगित
काठमाडौं । सिराहामा हुने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । सिराहाको धनगडीमाइ नगरपालिका अम्वासमा यही भदौ ९ गतेका लागि आह्वान गरिएको एमाले केन्द्रीय सचिवालय बैठक बाढी र डुबानका कारण स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए । उनका अनुसार, सबै तयारी पुरा...
एकीकृत समाजवादीको महाधिवेशन माघमा हुने
काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी माघमा हुने भएको छ । ललितपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले आगामी १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित सर्वसम्मतीले पारित गरेको पार्टी...
साहित्यकार थापाको निधन
मकवानपुर । साहित्यकार तुल्सी थापाको निधन भएको छ । निमोनिया, मधुमेह र रक्तचापसम्बन्धी रोगबाट पीडित थापाको शुक्रबार विहान ७८ वर्षको उमेरमा निधन भएको हो । थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली कविताको क्षेत्रमा ‘दाना कविता’ को सुरुवात गरेका थापाले दाना...
‘पराजय भएपनि जनताको साथमै रहेर राजनीतिमा सक्रिय हुनेछु’
मकवानपुर । कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले चुनावमा पराजय बेहोरेपनि आफू जनताको साथै रहेर राजनीतिमा सक्रिय भइरहने बताएकी छन् । हेटौंडा–२ स्थित पल्पसा हल रोडमा प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको सम्पर्क सचिवालयको उद्घाटन गर्दै उनले जिल्लाको नेता कार्यकर्ता तथा जनताको साथै रहेर आगामी राजनीतिक यात्रालाई अगाडि बढाउने उनले...
रास्वपाद्वारा संसदीय दलको बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आह्वान गरिएको छ । बैठक शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार, बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको...
जनता समाजवादी पार्टीले विभाग तथा सङ्गठनहरू गठन तथा पुनर्गठन गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरू गठन तथा पुर्नगठन गर्ने जनाएको छ । भदौ मसान्तभित्रमा नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरू गठन र पुनर्गठन गर्ने तयारी भइरहेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनले जिल्ला/विशेष जिल्ला समन्वय...
इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता लिन नेविसंघको माग
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङको स्नातक तह अध्ययनका लागि गरेको शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क तत्काल फिर्ता लिनुपर्ने बताएका हुन्...
कांग्रेसले भदौ १६ र १७ गते प्रदेश सभापतिको भेला गर्दै
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सभापतिहरुको भेला आयोजना गर्ने भएको छ । कांग्रेसले यही भदौ १६ र १७ गते पोखरामा भेला गर्न लागिएको हो । सभापति शेरबहादुर देउवासहित केन्द्रीय तहका शीर्ष नेताहरु भेलामा सहभागी हुने गण्डकीका प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए । उनका अनुसार, १६ गते उद्घाटन र...
प्रतिनिधि सभा बैठक जारी
काठमाडौं । हाल प्रतिनिधि सभा बैठक जारी छ । झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभा बैठक बुधवारदेखि खुलेको हो । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच २ बुँदे सहमति भएसँगै प्रतिनिधि सभा बैठक खुलेको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो...










