संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन आज

तु खबर संवाददाता
२०८० भाद्र १०, आईतवार ०८:३५
file-photo

काठमाडौं । ‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिका सभापतिको उम्मेदवारी मनोयनय आज हुँदैछ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेका थिए । सोही अनुसार, आज मनोनयन हुने भएको हो ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।

हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।