राजनीति/ समाज

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुभाष पौडेल र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित भवन भत्काउने कार्य नगर्न नगराउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको...

ललिता निवास प्रकरण : १० जना प्रतिवादीको बयान सकियो

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये १० जनाको बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतमा जारी बयानमा बुधबारसम्म १० जनाको बयान सकिएको सो अदालतका सुचना अधिकारी दिपक दाहालले जानकारी दिए । उनका अनुसार, सोमबार दुई जना, मंगलबार तीन जना र बुधबार ५ जनाको बयान सकिएको हो । यद्यपि...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । बैठक एक साताका लागि स्थगित गरिएको हो । मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सांसदहरूको राम्रै उपस्थिति रहेपनि ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठकबाट हिँडेसँगै...

बागमती प्रदेश सभाको बैठक आह्वान

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक यही भदौं १८ गते अपराह्न साढे १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा हुने सम्भावित कार्यसूची तयार गर्न प्रदेश सभा सचिवालयले सोही दिन विहान साढे...

उपप्रधानमन्त्री र कोरियाली राजदूतबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगबीच मंगलबार भेटवार्ता भएको छ । उनीहरुबीच गृहमन्त्रालयमा भेटवार्ता भएको हो । सो क्रमममा राजदुत पार्कलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे । राजदूत पार्कले...

कांग्रेसका विभागले भदौं १५ गतेसम्ममा पूर्णता नपाउने

काठमाडौं । नेपाली कांग्रेसका विभागले भदौं १५ गतेसम्म पूर्णता नपाउने भएका छन् । साउन १० मा सकिएको केन्द्रीय समितिको बैठकले भदौं १५ गतेभित्रमा विभागहरुलाई पूर्णता दिने निर्णय भएको थियो । विधान अनुसार कांग्रेसका ४८ विभाग छन् । केन्द्रीय समितिले विभाग बढाउने निर्णय समेत गरेको छ । विभागको संख्या थपेर...

समाजवादी मोर्चाले पोखरामा सन्देशसभा आयोजना गर्ने

गण्डकी । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गर्न लागिएको माओवादी केन्द्रका सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले बताए । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी...

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय गरिएको हो ।...

प्रतिनिधिसभा अन्तरगतको १० वटै समितिका सभापतिले लिए सपथ

काठमाडौँ । प्रतिनिधिसभा अन्तरगतको सबै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । उनीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएकोमा १० वटै समितिको सभापति निर्विरोध निर्वाचित भएका हुन् । एकल उम्मेदवारी प्रस्ताव...

‘राजासहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्ने बताएका छन् । अध्यक्ष थापाले आगामी भाद्र २९ गते पार्टीले बृहत् विरोध प्रदर्शन आयोजना गर्ने सन्दर्भमा आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै मुलुकमा अब मौलिक संस्करणको राजासहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्ने जिकिर गरेका...