राजनीति/ समाज
उद्योग वाणिज्य समितिको सभापतिमा भएन निर्वाचन, जनमतका खान सर्वसम्मत
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् । सोमबार भएको समितिको सभापतिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै खान निर्विरोध निर्वाचित भएका हुन् । आइतबार संसद्को १० वटा संसदीय समितिहरुको सभापतिको लागि...
१० संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकैपटक १० वटा संसदीय समितिको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजेदेखि सुरु हुनेछ । प्रतिनिधि सभा निर्वाचन भएको १० महिनापछि आजै संसदीय समितिले सभापति पाउँदै छन् । १० वटा संसदीय समितिको सभापतिका लागि ९ वटा समितिमा एकल मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भइसकेका छन् ।...
आज संसदीय समितिका सभापतिको निर्वाचन हुँदै
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत गठित १० वटा विषयगत समितिका सभापतिको निर्वाचन आज हुँदैछ । लामो समयदेखि रिक्त रहेको उक्त समितिहरुले आज पूर्णता पाउने भएको हो । संघीय संसद् सचिवालयका अनुसार, ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । एकल उम्मेदवारी प्रस्ताव...
कृषि समितिको सभापतिमा आरजु राणाले दिइन् उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । उनले आइतबार संघीय संसद सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् । प्रमुख दहरुले...
कांग्रेसले टुंगायो समिति सभापतिका उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ । राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको हो । लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदैछ ।
रास्वपा मकवानपुरद्वारा क्षेत्रीय पदाधिकारीहरु चयन
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मकवानपुरले क्षेत्रीय पदाधिकारीहरु चयन गरेको छ । शनिवार भएको क्षेत्रीय भेलाले मकवानपुरको क्षेत्र नं. १ र २ मा सभापति चयन गरेको हो । भेलाले मकवानपुर क्षेत्र नं. १ को सभापतिमा टाकाराज थापालाई चयन गरेको छ भने उपसभापतिमा जगदिश दहाल, सचिवमा किशोर अर्याल र...
संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन आज
काठमाडौं । ‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिका सभापतिको उम्मेदवारी मनोयनय आज हुँदैछ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेका थिए । सोही अनुसार, आज मनोनयन हुने भएको हो । समितिको कुनै सदस्यलाई सभापतिमा...
एमाले सचिवालय बैठक भदौ १३ गते बस्ने
सिरहा । नेकपा एमालेको शनिबार सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गते बस्ने भएको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सिरहामा सार्नुपरेको एमालेका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए । उक्त बैठकमा सहभागी हुने भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार...
उपेन्द्र यादव एक हप्ताका लागि भारत प्रस्थान
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् । अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जाने जसपाका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए । उनका अनुसार, अधयक्ष यादव एक सातापछि स्वदेश फर्किने कार्यसूची रहेको...
जसपाले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने भएको छ । ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरुलाई खटाउन लागिएको जसपाले जनाएको छ । सो क्रममा नेताहरुले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर संगठन विस्तारका कार्यक्रमहरु संचालन गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी...








