राजनीति/ समाज
भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ उपलव्ध गराउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले भुकम्प पीडितका लागि ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । कांग्रेसले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा उपचारका लागि सरकारको कोषमा उक्त रकम उपलब्ध गराउने जानकारी गराएको हो । कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भुकम्पमा...
भूकम्प प्रभावितको उद्धार तथा राहतबारे निर्णय सिंहदरबारमा बैठक जारी
काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा उपचार बारे निर्णय गर्न हाल सिंहदरबारमा बैठक जारी छ । बैठक उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो । बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यक्रम कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने जनाइएको छ । बैठकमा प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका...
रुकुमलाई केन्द्रित गरी हवाई उडान गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री दाहालले रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर सो दिर्नेशन दिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, प्रधानमन्त्रीले अन्तको उडान स्थगित...
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे भारतीय राजदूत
काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तव एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाललाई भेट्न राजदूत श्रीवास्तव शुक्रबार उनकै निवास कोटेश्वरमा पुगेका हुन् । उनीहरुबीच भएको शिष्टाचार भेटका क्रममा समसामयिक विषयबारे कुराकानी भएको अध्यक्ष नेपालले जनकारी दिए ।
नेविसंघका केन्द्रीय सदस्यको प्रस्थापना गरिँदै
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्यहरूलाई प्रस्थापना गरिँदैछ । केन्द्रीय सदस्यहरूको प्रस्थापना यही कात्तिक २० र २१ गते गर्ने भएको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा नेविसंघबाट उम्मेदवार भई स्ववियु सभापति जितेकाहरूलाई पनि सम्मान...
बागमती प्रदेश सभा सचिवालयमा एउटा विधेयक दर्ता
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा आज शुक्रबा एउटा विधेयक दर्ता भएको छ । प्रदेश सचिवालयमा सरकारको तर्फबाट एउटा विधेयक दर्ता भएको प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । उनका अनुसार, प्रदेश सभामा दर्ता भएको विधेयकमा प्रदेश हस्तकलाग्रामको स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०...
रास्वपाले भोलि एकैदिन सय ठाउँमा रक्तदान कार्यक्रम गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि शनिबार एकैदिन सय ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, भोलि केन्द्रीय कार्यालय बनस्थलीसहित सय ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो । नेपाल रेडक्रस सोसाइटीले चाडपर्वको अवसरमा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव देखिएको भन्दै...
जसपाले आज बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । जसपा बागमती प्रदेश समितिले आज एक दिवसीय प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम सुकेधारास्थित एसआर क्याटरिङमा १२ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, सघीय परिषद् अध्यक्ष एवम् शिक्षा,...
एमाले संसदीय दलको बैठक आह्वान
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आह्वान गरिएको छ । बैठक आजै बस्ने गरी आह्वान गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार, बैठक बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने गरी आहवान गरिएको हो ।
संसद्को चालु अधिवेशन अन्त्य
काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको हो । सभामुख देवराज घिमिरेले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै संसद्को चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । सभामुख घिमिरे मन्त्रिपरिषद्को सिफारिसमा संघीय...










