राजनीति/ समाज
माओवादीले भुकम्प पीडितलाई ५० लाख उपलब्ध गराउने
काठमाडौं । नेकपा माओवादी केन्द्र भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले उक्त निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए । उनका अनुसार, बैठकले भुकम्प पीडितहरूलाई राहत र पूनर्निमाणमा पार्टीको कोषबाट उक्त...
एकीकृत समाजवादीको सचिवालय बैठक एक दिन पर सर्यो
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक एक दिन पर सरेको छ । आइतबारका लागि बोलाइएको बैठक भोलि सोमबार बस्ने गरी सरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । प्रचार विभाग प्रमुख खतिवडाका अनुसार, बैठक भोलि बिहान साढे ८ बजे बस्ने भएको हो । पार्टी कार्यालयमा बस्ने बैठकमा...
बागमती प्रदेश प्रमुख शर्माद्वारा समवेदना व्यक्त
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले जाजरकोटको रामेडाँडामा शुक्रबार राति गएको शक्तिशालि भुकम्पमा परेर मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै गत कात्तिक १७ गते शुक्रबार राति आएको ६.४ म्याग्निच्यूडको भुकम्पमा परेर मृत्यु भएकाहरुप्र...
भुकम्पमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गरिने
काठमाडौं । सरकारले भुकम्पमा परेर घाइते भएका सबैको निःशुल्क उपचार गरिदिने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए । घाइतेहरुको उपचारको लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको स्वास्थ्यमन्त्री बस्नेतले बताए । बैठकमा भुकम्प पीडितहरुलाई आर्थिक...
कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवा निवासमा बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा जाजरकोटमा शुक्रबार राति गएको भुकम्पको क्षति, राहत र उद्धारलगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम्...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक हाल जारी छ । बिहान ८ बजे बस्ने गरी आहवान गरिएको मन्त्रिपरिषद् केही समयअघि सिंहदरबारमा सुरु भएको हो । उक्त बैठकमा भुकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको जनाइएको छ । गत शुक्रबार राति जाजरकोटको रामेडाँडा केन्द्रविन्दु गरेर गएको शक्तिशालि भुकम्पमा...
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष रहेको उक्त परिषद्को बैठक आज बिहान साढे ९ बजे बस्ने गरी आह्वान गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो । सो...
बागमती प्रदेश सरकारले भुकम्प पीडितका लागि डेढ करोड दिने
मकवानपुर । बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिम लगायत भुकम्प पीडितका लागि डेढ करोड रुपैयाँ दिने भएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी विज्ञप्तिमा भूकम्पबाट घाइते भएकाको उद्दार, राहत र पुनर्स्थापनाका लागि...
भुकम्पको क्षतिबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भुकम्पको क्ष्ाितबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले भोलि कात्तिक १९ गते आइतबार बिहान ८ बजे बस्ने गरी बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरणले जानकारी दिए । सो बैठकले भुकम्पको क्षतिबारे छलफल गर्नुका साथै पीडितहरूलाई राहत, उद्दार तथा पुर्नस्थापनाबारे...
माओवादीद्वारा चियापन कार्यक्रम स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिबारका लागि तोकिएको शुभकामना आदानप्रदान तथा चियापान स्थगित गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै माओवादीले शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरेको हो । माओवालीका एक नेताका अनुसार, भुकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवस÷मोर्चाका नेता तथा...









