राजनीति/ समाज
राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन बोलायो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन बैठक बोलाएका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी माघ २२ गते सोमबार बस्ने गरी अधिवेशन बोलाएका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आज हेटौंडासहित देशैभर राष्ट्रिय सभा निर्वाचन हुँदै
मकवानपुर । आज बागमती प्रदेशको राजधानी हेटौंडासहित देशैभर राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुने भएको हो । जसअनुसार, बागमती प्रदेशतर्फ खाली रहेको ४ सिटका लागि आज हेटौंडामा निर्वाचन हुन लागेको हो । उक्त ४ सिटका लागि नेकपा एमाले र नेपाल...
मकवानपुरगढीमा विजय उत्सव मनाइयो
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ मा बुुधबार २६१ औं विजय उत्सव मनाइएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा एक कार्यक्रमबीच ऐतिहासिक मकवानपुरगढीको विजय उत्सव मनाइएको हो । कार्यक्रम मकवानपुरगढी वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रीनको अध्यक्षतामा एवम् बागमती प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस...
राष्ट्रिय सभा निर्वाचनः बागमतीमा सबै तयारी पूरा
मकवानपुर । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशमा सबै तयारी पूरा भएको छ । यही माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मतदान अधिकृतको नियुक्ति, मतपत्रको व्यवस्थालगायतको सबै तयारी पूरा भएको हो । बागमती प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालय परिसरमा हुने निर्वाचनका लागि...
संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय
मकवानपुर । सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार, बैठकले संघीय संसदको हिउँदे अधिवेशन यही माघ...
कांग्रेस नेतृ पोखरेलको निधन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको निधन भएको छ । पोखरेलको १ सय २ वर्षको उमेरमा आज बिहान ४ बजे काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भएकी थिइन् ।...
राष्ट्रिय सभा निर्वाचन लक्षित प्रचारप्रसारमा रोक
काठमाडौं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तरगत आजदेखि प्रचारप्रसारमा रोक लगाइएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभाको १९ सदस्यका लागि यही माघ ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजे रातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि प्रचारप्रसारमा रोक लगाइएको हो । निषेधाज्ञामा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा...
राजविराजमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप
जनकपुरधाम । सप्तरीमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपमा परेर मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका छन् ।...
राष्ट्रिय सभा निर्वाचन: आज रातिदेखि मौन अवधि सुरु
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी गराएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ...
आज दुई संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्ने भएको हो । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन...









