राजनीति/ समाज

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि सातै प्रदेशमा मतपत्र पठाइयो

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि सात वटै प्रदेशमा मतपत्र पठाएको छ । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रहरू सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयमा पठाएको जनाएको छ । प्रदेशगत रूपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन...

प्रेस चौतारी मकवानपुरको दुई दिने कार्यशाला सुरु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावना विषयक दुई दिने कार्यशाला आजबाट सुरु भएको छ । उक्त कार्यशाला प्रेस चौतारी नेपाल, जिल्ला कमिटी मकवानपुरको आयोजनामा सुरु भएको हो । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमबीच उक्त कार्यशालाको उद्घाटन् गरेका...

एकीकृत समाजवादीद्वारा केन्द्रीय परिषद्मा सहभागी हुने नेतालाई निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरुलाई विभिन्न दुई बुँदे निर्देशन पालना गर्न सूचना जारी गरेको छ । पार्टीका महासचिव घनश्याम भुसालले शुक्रवार एक सूचना जारी गर्दै विभिन्न दुई बुँदा निर्देशनबारे जानकारी गराएका हुन् । उनले जारी गरेको सूचनामा यही माघ १४...

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र होः मन्त्री श्रेष्ठ

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुनसक्ने बताएका छन् । लोकतन्त्र र गणतन्त्रको विरुद्ध आवाज उठाउने प्रयास भइरहेको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केही हुन नसक्ने बताए । नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको नेपाली सञ्चारकर्मीहरुको अधिकार, चुनौती...

ठगीको आरोपमा रवि लामिछानेविरुद्ध उजुरी दर्ता

काठमाडौँ । सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व सहकारी विभागमा उजुरी दर्ता भएको छ । उनीसहित गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईविरूद्व युवराज सफलले उजुरी दर्ता गराएका हुन् । लामिछान गोरखा मिडिया नेटवर्कका तत्कालीन एमडी थिए । ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा...

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

काठमाडौँ । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विहान युगान्डा प्रस्थान गरेसँगै कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उनले पाएका हुन् । राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ । प्रधानमन्त्री प्रचण्ड असंलग्न...

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा प्रस्थान गरेका छन् । ‘प्रचण्ड’ असंलग्न आन्दोलन नामक १९ औँ शिखर सम्मेलनमा सहभागी हुन उनी आज विहान कतार एयरलाइन्सबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका हुन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको...

१५ लाख रुपैयाँ घुससहित वडाध्यक्ष बादे पक्राउ

काठमाडौँ । घुस लिएको आरोपमा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर– ९ का वडाध्यक्ष नृपेश बादे पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको...

पूर्व राजा ज्ञानेन्द्र शाहले माघ ७ गते हेटौंडामा सम्बोधन गर्ने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा माघ ७ गते पूर्व राजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्ने भएका छन् । धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधानाका लागि हेटौंडा आउन लागेका उनले शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाट गरी सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ । रिपोर्टर्स क्लब मकवानपुरको समन्वयमा आज भएको...

टासी छ्योलिङ गुम्बाको नवनिर्मित भवन उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मेम्बर टोलस्थित टासी छ्योलिङ गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । टासी छ्योलिङ गुम्बाकी अध्यक्ष लक्ष्मी थिङ्गको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आईतबार टासी छ्योलिङ गुम्बाको १५ औं साधारणसभाको अवसरमा नवनिर्मित गुम्बा भवन उद्घाटन...