राजनीति/ समाज
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले आज विश्वासको मत लिने भएका छन् । गत साउन ९ गते मुख्यमन्त्री बनेमा लामाले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । उनी नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । लामाले नेपालको संविधानको धारा १६८ को उपधारा...
माओवादी पदाधिकारी बैठकः मंगलबार प्रचण्डले जवाफ दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी पदाधिकारी बैठकमको भोलि मंगलबार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जवाफ दिने भएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले उठाएको प्रश्नको अध्यक्ष प्रचण्डले मंगलबार बस्ने बैठकमा जवाफ दिने भएका हुन् । बैठकमा विचारको विकास र पार्टी निर्माणबारे नेताहरूले धारणा राख्ने...
विश्व बैंकबाट १३ अर्ब ३३ करोड सहुलियत ऋण लिने सरकारको निर्णय
काठमाडौं । सरकारले १३ अर्ब ३३ करोड सहुलियत ऋण लिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए । उनका अनुसार, बैठकले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि उक्त रकम बराबरको...
कृषि समितिको सभापतिमा मगरले गरिन् उम्मेदवारी दर्ता
काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुम थापा मगरले उम्मेदवारी दिएकी छन् । नेपाली कांग्रेसकी सांसद् मगरले सोमबार उम्मेदवारी दर्ता गराएकी हुन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि रिक्त रहेको उक्त पदमा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका सूर्यप्रसाद ढकाल समर्थकमा मगरले...
आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । त्यस्तै, बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ भने साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको...
सिंहदरबारमा सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी
काठमाडौं । हाल सङ्क्रमणकालीन न्याय सम्बन्धी कार्यदलको बैठक जारी जारी । बैठक सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बसिररहेको हो । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन तीन सदस्यीय कार्यदलको बैठक बसिरहेको हो । बैठकमा कार्यदल सदस्यसहित सरोकारवाला सहभागी रहेका छन् । कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी आह्वान गरेको हो । सो बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपंछी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यसैगरी, बैठकमा...
बागमती प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक यही साउन १५ गते दिनको ३ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको सभामुख भुवन कुमार पाठकले जानकारी दिए । मुख्यमन्त्री लामाले सो...
प्रमुख सल्लाहकारमा शाहलाई नियुक्ती गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख राजनीतिक सल्लाहकारमा बिनोद शाह नियुक्त भएका छन् । नुवाकोटका शाहलाई आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले राजनीतिक सल्लाहकारमा नियुक्ती गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री लामाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई राजनीतिक सल्लाहकारमा नियुक्ती गर्ने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला...
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण
मकवानपुर । बागमती प्रदेशका ६ मन्त्रीहरुले आज आ–आफ्नो मन्त्रालयमा गएर पदभार ग्रहण गरेका छन् । मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित १४ सदस्य रहेका छन् । तीमध्ये कांग्रेसबाट मन्त्री बनेका ६ जनाले आज पदभार ग्रहण गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार, कांग्रेस बाटै मन्त्री बनेका मधुकुमार...










