बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । प्रदेश सभा सचिवालयमा बस्ने गरी बोलाइएको हो ।
दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक पारित गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडाले जनाएको छ ।
यसअघि मंगलबार बसेको बैठकमा पहिलो पटक मुख्यमन्त्री बनेका बहादुर सिं लामाले विश्वासको मत लिएका थिए ।
मुख्यमन्त्री लामाले मागेको विश्वासको मतको पक्षमा ६४ जना र विपक्षमा ३५ जना प्रदेश सभाका सदस्यले मतदान गरेका थिए । १०३ जना सहभागी प्रदेश सभामा ३ जनाले भने मतदान गरेनन् ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ११० जना प्रदेश सभाका सदस्य छन् ।