राजनीति/ समाज
प्रधानमन्त्री प्रचण्ड पदमुक्त
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरेसँगै उनी पदमुक्त भएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर...
नयाँ सरकार गठनबारे छलफल गर्न राष्ट्रपतिले संविधानविदहरुलाई बोलाए
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन प्रक्रियाबारे छलफल गर्न संविधानविदहरुलाई बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व निरन्तरताको लागि प्रतिनिधिसभाबाट विश्वासको मत जुटाउन सक्ने अवस्था नदेखेपछि राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियाबारे छलफल गर्न संविधानविदहरुलाई बोलाएका हुन् । संविधानविदहरु डा. भीमार्जुन आचार्य, विपिन अधिकारी, हरिहर दाहाल,...
पाँचौँ पटक विश्वासको मत लिँदै प्रचण्ड, मतदान जारी
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आजसहित पाँचौंपटक विश्वासको मत लिन लागेका हुन्...
अखिल क्रान्तिकारी मकवानपुरको कार्यसमितिलाई प्रमाणपत्र बितरण
मकवानपुर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) मकवानपुरको २३ औं सम्मेलनबाट नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र बितरण गरिएको छ । नेकपा माओवादी केन्द्रको जिल्ला पाटी कार्यलयमा भएको एक कार्यक्रममा गत असार १४ गतेको सम्मेलनबाट निर्विरोध जिल्ला कमिटीका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र बितरण पश्चात जिल्ला समितिको प्रथम...
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका...
प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहीबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभा बैठक तोकिएको बैठक सवा घण्टा ढिला सुरु भएको थियो । बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्री उपस्थित नभएको भनि जानकारी गराएका थिए । त्यसलगतै सभामुख देवराज घिमिरेले बैठकमा कुनै...
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको सांसद धवलशमशेर राणाले बताए । प्रधानमन्त्री प्रचण्डले भोलि, शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची...
बागमतीका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नयाँ सरकार गठनका लागि सहज रूपमा मार्ग प्रशस्त गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुर सिंह लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री जम्कट्टेललाई महत्वपूर्ण निर्णय नगर्न र नयाँ समीकरणको सरकार गठनका लागि मार्ग प्रशस्त...
राप्रपा संसदीय दलको बैठक आह्वान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने राप्रपाले जनाएको छ । यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार लिन...
प्रतिनिधि सभा बैठक आज बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।









