राजनीति/ समाज
आज एकैदिन ६ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकैदिन ६ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने गरी बोलाइएको छ । यसैगरी, बिहान ११ बजे नै महिला तथा सामाजिक...
एकीकृत समाजवादी हेटौंडाले सबै वडामा कमिटी गठन गर्ने
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी हेटौंडाले सबै वडामा कमिटी गठन र पुर्नगठन गर्ने निर्णय गरेको छ । बिहीबार हेटौंडा–४, सितलमहल चोकस्थित पार्टी कार्यालयमा बसेको नेकपा एकीकृत समाजवादी हेटौंडाको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । यस्तै, बैठकले १९ वटै वडाका एक–एक जनालाई समेटेर १९ सदस्यीय सचिवालय निर्माण गर्ने,...
हेटौंडामा बालश्रम र बालश्रम नीति सम्बन्धि संवाद कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बालश्रम र बालश्रम नीति सम्बन्धि संवाद कार्यक्रमको आयोजना गरिएको छ । बिहीबार नागरिक मञ्चको सहकार्यमा बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम नागरिक संस्थाहरुको साझा मञ्च, दिगो विकास लक्ष्य ८ दशमलव ७ का लागि नागरिक मञ्च...
राष्ट्रिय सभामा टीआरसी विधेयक टेबल
काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) राष्ट्रिय सभामा टेबल भएको छ । प्रतिनिधि सभाले पारित गरेको उक्त टीआरसी विधेयक बिहीबार बसेको राष्ट्रिय सभामा टेबल भएको हो । बैठकमा उक्त विधेयक राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधि...
माओवादी स्थायी कमिटी बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक हाल जारी छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिररहेको हो । बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेको महासचिव देव गुरुङले जानकारी दिए । साउन २५ गते शुक्रबार सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘वर्तमान परिस्थिति र...
राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ...
मुख्यमन्त्री लामाद्वारा बागमती प्रदेश प्रहरीको नवनिर्मित भवन उद्घाटन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश प्रहरीको नवनिर्मित भवन उद्घाटन गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार एक कार्यक्रमबीच प्रदेश प्रहरीको नजनिर्मित ५ तले प्रशासनिक भवन उद्घाटन गरेका हुन् । सो क्रममा मुख्यमन्त्री लामाले प्रहरी प्रशासनबाटै जनताले राज्यको प्रत्यक्ष अनुभुति गर्ने बताए । प्रहरीले नागरिकसँग गर्ने व्यवहारबाटै...
हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा बोलाउन एमालेको माग
मकवानपुर । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा बोलाउन माग गरेका छन् । राजस्व दरमा अस्वभाविक वृद्धि गरेको विषयप्रति विरोध जनाउँदै उनीहरुले संशोधन गर्नुपर्ने एजेण्डासहित विशेष नगर सभा बोलाउन माग गरेका हुन् । नेकपा एमालेका जनप्रतिनिधिहरूले विशेष अधिवेशनको माग गर्दै प्रमुख प्रशासकिय अधिकृतमार्फत् नगर प्रमुख र...
संसदका दुई संयुक्त समितिको सभापति चयन आज हुँदै
काठमाडौं । संघीय संसद्को दुई संयुक्त समितिको सभापति आज चयन हुँदैछ । आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति र संसदीय सुनुवाइ समितिको सभापति चयन हुने भएको हो । यसअघि नै दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ । जसअनुसार, तथा...
संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पारित
काठमाडौँ । प्रतिनिधिसभाबाट संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको बहुमत सदस्यबाट बुधबार पारित भएको हो । बुधबार प्रतिनिधिसभामा निर्णयार्थ पेश हुँदा...









