बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक विदा

तु खबर संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार १८:४५
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी भदौ ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

उक्त दिन प्रदेशका सामुदायिक विद्यालय, संस्थागत विद्यालय, वित्तिय संघसंस्थालगायत सरकारी कार्यालयहरु बन्द रहने भएको छ ।

यसैगरी, बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेलाई प्रवक्ता तोकेको छ ।

यस्तै, बैठकले मन्त्रालयगत रुपमा आएको अस्थायी दरबन्दीलाई स्वीकृती प्रदान गरेको छ ।

मन्त्रिपरिषद् बैठक मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बसेको हो ।