चार संसदीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ भाद्र २, आईतवार ०९:५३
file-photo

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको चार वटा संसदीय समितिको बैठक आइतबार बस्ने गरी आह्वान गरिएकोछ ।

आज कानुन, महिला र पूर्वाधार समिति, महिला समिति, पूर्वाधार समिति र कृषि समितिको बैठक बस्ने गरी आह्वान गरिएको हो ।

जसनुसार, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे बस्नेछ भने बिहान ११ बजे नै महिला समितिको बैठक पनि बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै, पूर्वाधार समितिको बैठक पनि बिहान ११ बजे र बिहान ११ः३० मा बस्न कृषि समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ ।