राजनीति/ समाज
प्रदेशसभाको प्रथम बैठक हेटौंडामा भोलि हुने, सर्वदलीय बैठकले के-के एजेण्डा उठाउँदैछ ?
मकवानपुर १७ माघ । प्रदेश नम्वर ३ को प्रदेश सभाको बैठक भोलि हेटौंडामा हुने भएको छ । जसमा प्रदेश नम्वर ३ का १ सय १० जना प्रदेशसभा सदस्यहरु रहने छन् । बैठकको लागि आवश्यक तयारी सबै पुरा भईसकेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । हेटौंडा प्रदेशको अस्थायी राजधानी...
अझै खुलेन तालाबदी, वडावासीलाई समस्यामा
मंगलबारे, इलाम, १७ माघ । इलाम नगरपालिका–१२ साङरुम्बाको वडा कार्यालयमा लगाइएको तालाबन्दी एक साता बितिसक्दा पनि नखुलेपछि वडावासीलाई समस्या भएको छ । कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयका सम्पूर्ण काम ठप्प भएका छन् । तालाबन्दी भएपछि कार्यालयमा कुनै काम भएको छैन, जसका कारण सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाबाट विनियोजित...
प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्रगतिमा
महेन्द्रनगर, धनुषा, १७ माघ । जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणभित्र रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठक यही माघ २१ गते बस्ने भएकाले तीव्रगतिमा त्यसको तयारी भइरहेको छ । यही माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्निचर...
अध्यक्षलाई दियो ज्यान मार्ने धम्की
नवलपरासी, १६ माघ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उहाँले जानकारी दिनुभयो । बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर...
प्रधानमन्त्री देउवाद्वारा शहीदमा श्रद्धाञ्जलि
काठमाडौँ, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय लैनचौरस्थित शहीद स्मारकमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । बिहान ८ बजे...
शहीद दिवशमा अध्यक्ष ओलीको यस्तो सन्देश
काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गर्नुभएको छ । शहीद दिवशका अवसरमा आज एक वक्तव्य जारी गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ । शहीदको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना...
व्यवसायी र सरकारबिचको चोर पुलिसको जस्तो खेल बन्द हुनुपर्छ : वाणिज्यमन्त्री विश्वकर्मा
मकवानपुर १५ चितवन । उद्योग वाणिज्य संघ खैरहनी चितवनको आठौं वार्षिक साधारणसभा एवं चौथो अधिवेशन आज चितवनमा सम्पन्न भएको छ । अधिवेशन उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वाणिज्यमन्त्री मिनबहादुर बिकले सरकारले व्यवसायीहरुमाथी गर्ने दोहोरो कर प्रणालीको अन्त्य गर्नुपर्ने बताए । साथै व्यवसायी र सरकाबिचमा जुन चोर पुलिसको जस्तो...
अनेरास्ववियु क्षेत्र नम्बर ४ आयोजक कमिटि निर्माण
मकवानपुर, १५ माघ । अनेरास्ववियू क्षेत्र नं ४ को आयोजक कमिटी निर्माण गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा गोबिन्द बर्तौला संयोजक रहने गरि १९ सदस्यीय कमिटी निर्माण गरिएको हो । कार्यक्रममा क्षेत्र नं ४ का क्षेत्रीय इन्चार्ज अरुण बर्तौला र अनेरास्ववियु मकवानपुर जिल्ला सदस्य महेन्द्र राना मगरको...
ज्येष्ठ नागरिक समाजको अध्यक्षमा पराजुली
भक्तपुर, १५ माघ । ज्येष्ठ नागरिकको संस्था अग्रज समाज नेपालको लोकन्थलीमा भएको अधिवेशनले महाप्रसाद पराजुलीको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समाजको सहअध्यक्षमा नयन्द्रबहादुर खड्का र उपाध्यक्षहरुमा सीताराम ढकाल, प्रभा लम्साल, यशोदा ढकाल, हरिप्रसाद भट्टराई, माधवप्रसाद घिमिरे चयन हुनु भएको छ । यसैगरी महासचिवमा सरस्वती...
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस् : आयोग
काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउन सूचित गरेको छ । आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय...










