मुख्यमन्त्री डोरमणि पौडेलको ऐतिहासिक सपथ ग्रहणमा जे देखियो (फोटो फिचर)

तु खबर संवाददाता
२०७४ माघ २९, सोमबार १०:३९

-चन्द्र घलान
मकवानपुर, २९ माघ । संघीय नेपालको पहिलो मुख्य मन्त्री डोरमणि पौडेलले सोमबार सपथ ग्रहण गरिसकेका छन् । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा आईतबार नियुक्त भएका पौडेललाई आज ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा एक समारोहकाबिच ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

सपथ ग्रहण समारोहको झलक, तस्बिर–चन्द्र घलान

सातै प्रदेशमा यो पहिलो र ऐतिहासिक सपथ ग्रहण हो । पौडेलले आज बिहान साढे ११ बजे मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पदभार ग्रहण गर्ने कार्यतालिका छ । पौडेलको सपथ ग्रहण समारोहमा सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ सहित संसदीय दलका उपनेता र सांसदहरुको सहभागिता रहेको थियो ।

३ नम्बर प्रदेस प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले कार्यक्रमका बारेमा

सपथ ग्रहण समारोहको झलक, तस्बिर–चन्द्र घलान

प्रष्ट पारेपछि पौडेललाई प्रदेश प्रमुख काईरालाले सपथ ग्रहण गराएकी थिईन । समारोहका सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*