संघीय नेपालको पहिलो मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सपथ ग्रहण, आजै पदभार ग्रहण गर्ने

तु खबर संवाददाता
२०७४ माघ २९, सोमबार १०:१३

मकवानपुर, २९ माघ । संघीय नेपालको पहिलो मुख्य मन्त्री डोरमणि पौडेलले सोमबार सपथ ग्रहण गरेका छन् ।

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा आईतबार नियुक्त भएका पौडेललाई आज ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा एक समारोहकाबिच ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

उनलाई प्रदेश प्रमुख अनुराधा कोईरालाले नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सातै प्रदेशमा यो पहिलो र ऐतिहासिक सपथ ग्रहण हो ।

पौडेलले आज बिहान साढे ११ बजे मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पदभार ग्रहण गर्ने कार्यतालिका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*